अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

आगलागी हुँदा जल्यो गोठमा राखेको ४ लाख रूपैयाँ !

On: September 19, 2024 10:19 PM
Follow Us:
---Advertisement---

रोल्पाको एक गोठमा आगलागी हुँदा नगद चार लाख रूपैयाँ जलेर क्षति भएको छ।थबाङ गाउँपालिका– ४ चौत्रावाङका पूर्णबहादुर रोका मगरको गोठमा आगलागी हुँदा चार लाख नगद जलेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए। उनका अनुसार ढुंगा र माटोले बनेको, खरले छाएको गोठमा बुधबार दिउँसो साढे १ बजेतिर आगलागी भएको हो।

नोटहरूको आधा भाग जलेको अवस्थामा फेला परेको छ। आगलागीबाट गोठमा रहेको भेडाको ऊन, कपडा, सोलार प्यानल, अन्नपातसहित ६ लाख २० हजार बराबरको क्षति भएको प्रहरी निरीक्षक शाहीले बताए।चुलोमाथि दाउरा सुकाउन राखेको समयमा सोहीबाट सल्किएर आगलागी भएको शाहीले बताए। आगलागी हुँदा घरका सदस्य भने मेलापात गएका थिए।घटना बुधबारको भए पनि घटनास्थल पुगेर फर्किन ६ घन्टा लागेको हुँदा बिहीबार मात्रै प्रहरीले घटना सार्वजनिक गरेको जनाएको छ। setopati.com