---Advertisement---

हेमन्त शर्माले पहिलोपटक ल्याए दसैँ गीत (भिडिओ)

On: September 20, 2024 2:17 PM
Follow Us:

हेमन्त शर्माले पहिलोपटक दसैँ विशेष गीत ल्याएका छन्। ‘आउँथ्यो दसैं’ बोलको गीतमा हेमन्तसहित मेलिना राईको स्वर सुन्न सकिन्छ।

सार्वजनिक गीतमा दसैँदेखि तिहारसम्मको रमाइलो माहोल समेटिएको छ। अरु वर्षभन्दा यो वर्षको दसैँमा निकै मजा भएको भाव गीतमा समेटिएको छ।

साथै दसैँ र तिहारमा परदेशिएकाहरुलाई पनि घर फर्किनुपर्छ भनिएको छ। रमाइलो भावको यस गीतमा हेमन्तकै शब्द र संगीत रहेको छ। गीतलाई राकेश सोनीले एरेन्ज गरेका हुन्।

गीतको भिडिओ पनि निकै रमाइलो छ। भिडिओमा हेमन्तसहित रजनी गुरुङ, डोना थापा मगर, ललना चिमरिया, एलिस राईको नृत्य र अभिनय छ।

पवन सुसिलाङले खिँचेका भिडिओलाई मौसम हिमालीको कोरियोग्राफी र निर्देशन रहेको छ।