पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेकानिर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले सगरमाथा आरोहण दलका साम्रागी बोकेर जाने भरियालाई लक्षित गरी बास बस्ने घर बनाउने अभियानमा जुटेका छन् ।

खुम्बु पासाङ ल्हमु गाउँपालिकाले समेत अभियानमा साथ दिएपछि सगरमाथा क्षेत्रमा आरोही तथा पदयात्रीका सामान बोक्ने भरियाले अब आरामदायी बास पाउने छन् ।

पुर्जाकै पहलका कारण विश्व सम्पदा सूचीमा परेको सगरमाथा राष्ट्रिय निकुन्ज क्षेत्रमा पर्ने सगरमाथा आधार शिविरमा पर्यटकका भरियाको सहजताका लागि ‘पोर्टर हाउस’ बन्ने भएको हो ।

आरोही तथा पदयात्री र गाइडसम्मले होटलमा गाँस बास पाउने तर पाहुनालाई होटलसम्म पु¥याएर भरियाहरू २ घण्टा टाढासम्मको ठाउँमा गएर बास बस्नुपर्ने अवस्थालाई नजिकबाट हेरेकाले अब सुविधासम्पन्न पोर्टर हाउस बनाउने आरोही पूर्जाले बताए ।‘खुल्ला आकाशमा रात विताउनुपर्ने बाध्यता समेत थियो,गुमनाम हिरोहरुलाई अब समस्या हुदैन’ पूर्जाले भने।

निम्सदाइ फाउण्डेसनले सामाजिक उत्तरदायित्व अन्तरगत उक्त काम भइरहेको छ। फाउण्डेसनका प्रतिनिधि गोविन्द बरुवालले भरियाहरूको बस्ने ठाउँ खोज्नकै लागि १० किलोमिटर अतिरिक्त हिँड्नु पर्ने दुःख अन्त्य हुने छ भने हाउस एक पटकमा ८० जना आँट्न सक्ने क्षमताको हुनेछ ।

२१ सय ७३ वर्गफिट क्षेत्रफलमा बन्ने दुईतले भवन समुन्द्र सतहदेखी ५ हजार ३० मिटर उचाइमा रहेको छ । भवनमा दुईवटा बाथरुम, पाँचवटा ट्वाइलेट, एउटा ट्रिटमेन्ट रुम, किचन, डाइनिङ, वेटिङ रुमलगायत सुविधा रहने बताइएको छ । पोर्टर हाउस बनाउन पुर्जाले चार करोडभन्दा बढी खर्च गर्नेछन् ।

Nirmal ‘Mims’ Purja on top of Mt Dhaulagiri. Courtesy: Project Possible

यही वर्ष आएको थामेको बाढीको उद्धार तथा राहतमा साधनस्रोत प्रयोग गरेकोले पोर्टर हाउस निर्माण प्रक्रियामा केही ढिला भएको र अव राहत तथा उद्धारको काम सकिएलगत्तै हाउसमा ध्यान केन्द्रित गर्ने बताइएको छ ।

निम्स दाईले भारी बोक्ने श्रमिक अर्थात भरियालाई ‘गुमनाम नायक’ भन्ने गरेका छन् । हिमाली क्षेत्रका शक्ति भनेकै भरिया भएको भन्दै आरोही पुर्जाले आफ्नो फाउण्डेसनको वेबसाइटमा परियोजनालाई ‘गुमनाम नायकहरूको सम्मानमा बनाइने स्वर्ग’ भनेर पोर्टर हाउसको व्याख्या गरेका छन् ।

विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिना अक्सिजन सफल आरोहण गरेका पूर्जा अहिले विश्वकै चौथौ अग्लो शिशापङ् (८०२७ मि) हिमाल आरोहणमा निस्किएका छन् ।

पूर्जाले जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के–टु’ हिमालको समेत आरोहण गरी विश्वभरका आरोहीलाई चकित पार्ने किर्तीमानी समेत कायम गरेका छन् । हिमाल आरोहणका क्रममा पूर्जाले मृत्यु पर्खेर बसेका आरोहीको उद्धार तथा मृतक आरोहीलाई निशुल्क हेलिकप्टरबाट समेत ल्याउने गरेका छन् ।

Leave a Reply