---Advertisement---

दशैँको टीकाको साइत ११:३६ बजे, अष्टमी-नवमी एकै दिन

On: September 21, 2024 10:10 AM
Follow Us:

यसपालिको दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ। बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी गराउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गरेको हो।

समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९:१६ बजे र असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा विहान ७:११ बजे तथा स्थिरासन ८:४३ बजे तोकिएको छ। असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको छ। यस्तै २६ गते विहान ११:३६ बजे टीकाको साइत तोकिएको छ।