नेपाल पुलिस क्लबकी कप्तान कमला पुनले महिला भलिबलमा अर्को ऐतिहासिक पदक दिलाउनुभएको छ । माल्दिभ्समा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लबमा भएको ६ खेलमै अपराजित हुदै पुलिसले च्याम्पियनसिपको उपाधि जितेको हो ।

शनिबार राति भएको उपाधि भिडन्तमा उज्वेकिस्तानको हुमोलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । पुलिसले २५–१६, २५–२२ र २५–२३ ले जित निकाल्दै गर्दा करिब २ महिनाको अवधिमा कमलाको नेतृत्वमा दुई ठूला प्रतियोगिताको उपाधी नेपालले भित्राएको छ ।

नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, श्रीलंका, ताजकिस्तान र कीर्गिस्तानका क्लबको सहभागिता रहेको यो प्रतियोगिताले नेपाल क्लवस्तरीय खेलमा पनि अब्बल रहेको प्रमाणित गरेको छ । यसपटक पुलिसले घरेलु टोलीलसँग कडा चुनौतीको समाना गरेपनि आफ्नो दमदार खेल प्रर्दशन गदैं नेपाली महिला भलिबल टिमको उपस्थिती झनै फराकिलो बनाउँदै माल्दिभ्सबाट फर्किदै छ ।

‘क्लवस्तरीय पहिलो प्रतियोगितामा नेपाल पुसिलले विजय हात पारेको छ, यसपटक हामीले देखाएको खेलबाट सहभागि देशहरु समेत दंग छन्’ कप्तान पुनले बेनीअनलाइनलाई भन्नुभयो । अनुभवी टोलीसँगै खेलमा तालमेल, आत्मविश्वास र निरन्तर अभ्यासका कारण नतिजा आफ्नो पोल्टामा परेको बताउनुभयो ।

विभागीय टोलीमा कप्तानीको जिम्मेबारी सम्हाल्दै धेरै घरेलु प्रतियोगितामा उपाधि जिताउन सफल पुन नेपालको महिला राष्ट्रिय टोलीकी सदस्य समेत हुनुहुन्छ। मैदानभित्र फरक–फरक भुमिकामा देखिने पुनले खेलमा चमत्कारी जित निकाल्न सक्ने क्षमता छ ।

च्याम्पियनसिपका लागि पुलिसले राष्ट्रिय टोलीका सदस्य समेत रहेकी एपिएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको थियो ।

नेपालको राष्ट्रिय टोलीका समेत सदस्यहरूलाई नेतृत्व गरेकी कप्तान पुनको कप्तानी र खेलमैदानभित्रका आकस्मिक रणनीतिले समेत खेलमा नेपाल लगातार हाबी भएको थियो ।

गत साउन महिनामा भुटानमा भएको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको समेत नेतृत्व कमलाले नै गरेकी थिइन् । काभा बीच भलिबलमा स्वर्ण पदक विजेता जोडी कमलाको जोडी मनिषा चौधरी थिइन् ।

पश्चिम म्याग्दीक्को मालिका गाउँपालिका–३ रुम औलमा जन्मिनुभएकी पुनले दुई वर्षअघि बंगलादेशको कक्स बजारमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा कप्तानीमा बिच भलिबल सहित हालसम्म तीनपटक अन्तराष्ट्रियस्तरको प्रतियोगिता जितेको छ ।

बि.स २०६८ सालमा नेपाल प्रहरीको राष्ट्रिय टोलीमा करार खेलाडीको रुपमा प्रवेश गरी १२ औं सार्क राष्ट्रस्तरीय प्रतियोगितापछि लगातार राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागि हुनुहुन्छ । पिता स्व. चन्द्रहादुर पुन र आमा लालकुमारी पुनको दोश्रो सन्तानको रुपमा कमला पुन २०५१ कार्तिक २० गते जन्मिनुभएकी पुनले गाउँबाट भलिबल खेल्दै जिल्ला, क्षेत्र हुदै राष्ट्रिय टिममा पुग्नुभएको थियो ।

 

Leave a Reply