म्याग्दीको मालिका गाउँपालिकामा नरेश पुनको अध्यक्षतामा ११ सदस्यीय मालिका गाउँपालिका भलिबल संघ गठन भएको छ । समितिकिो उपाध्यक्षमा सागर राना एमन,सचिव सौगात गुरुङ, कोषाध्यक्ष सुनिता थापा, सहसचिव सोम बहादुर दर्जी रहेका छन् ।

समितिको सदस्यहरुमा मदन जुग्जाली,लोकेन रोका, लिल कुमारी शेरपुन्जा, सुजन पुन, एकेन्द्र श्रीपाली र निरोज पुन रहेका छन् । यसैगरी सल्लाहकारमा मालिका ६ का वडा अध्यक्ष पथबहादुर रोका, पालिका सदस्य छक्देवी घर्ती, रेशम गुरुङ पुकार घर्ती,चक बहादुर विक रहेको जिल्ला भलिबल संघ म्याग्दीका महासचिव कुमार किसानले बताए ।

कार्यक्रमका प्रमुख अतिथि मालिका गाँउपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले भलिबल क्षेत्रमा सम्भावना रहेको पालिकाभित्रका लुकेका खेल प्रतिभाको पहिचानमा निरन्तर लाग्न अनुरोध गदैं रचनात्मक सहयोग गर्ने बताए । कार्यक्रममा मंगला अध्यक्ष मुक्तमान केसी लगायत ,मालिका गाउँपालिका भित्रका यूवा क्लवका प्रतिनिधि, पूर्व खेलाडी लगायतको उपस्थिती रहेको थियो ।

म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जिल्लाभित्र रहेका भलिबल खेलाडीलाई विभिन्न माध्यमबाट प्रशिक्षण सहित अवसर प्रदान गरिएको बताउँदै प्रशिक्षक, प्रतियोगिता र प्रतिभा पहिचान सँगसँगै लैजाने बताए ।

Leave a Reply