ईलेक्ट्रिकल ईन्जिनियर्स वेलफेयर एशोसिएसन, नेपालको तेस्रो साधरण सभाको अवसर पारेर पोखरामा ग्रिन हाइड्रोजनको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

पोखराको लेकसाइड स्थित माउन्ट कैलाश रिसोर्टको सभाहलमा कार्यक्रम भएको थियो । उत्त mकार्यक्रममा काठमाण्डौँ बिश्वबिद्यालयका सह प्रध्यापक डा. बिराजसिंह थापाले नेपालमा ग्रिन हाइड्रोजन सम्बन्धमा हाल भैरहेका गतिबिधि तथा

ग्रिन हाइड्रोजनलाई नेपालमा स्थापित गर्न देखिएका चुनौति र भविस्यमा यसको सम्भावनाका बिषयमा आफ्नो प्रस्तुती प्रस्तुत गर्नुभएको थियो । डा. थापाले ग्रिन हाइड्रोजनलाई उर्जा वाहकका रुपमा प्रयोग गर्दाका फाईदा कारण यसको उत्पादनमा बिश्वका बिकसित देशहरु आक्रमक रुपमा लागेको तथ्याङ प्रस्तुत गर्नु भएको थियो ।

नेपालमा ग्रिन हाइड्रोजनलाई उद्योग, उर्जा, यातायात, कृर्षी .लगाएतका क्षेत्रमा सहजै प्रयोग गर्न सकिने हुदायसको बिकासमा आवश्यक नितिनिर्माण गरि संस्थागत रुपमै लाग्नुपर्नेमा जोड दिनुभयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल बिद्युत प्राधिकरणका प्रतिनिधिका रुपमा आमन्त्रित अतिथि निर्देशकटेक नाथ तिवारीले नेपालको निकट भविष्यमा उर्जा अधिशेष हुन सक्ने भएकोले ग्रिन हाइड्रोजनका बिबिध फाईदाका कारण यसको उत्पादन पनि देशमै बिद्युत खपत बढाउने एक उत्तम बिकल्प हुन सक्ने बताउनु भयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका उप कार्यकारी निर्देशकले डा. लक्ष्मण प्रसाद घिमिरेले बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले आगामी समयमा यस्ता नबिकरणिय उर्जालाई समेटि अगाडि बढ्ने योजना रहेको जानकारी दिनुभयो ।

कार्यक्रमका सभापतितथा ईलेक्ट्रिकल ईन्जिनियर्स वेलफेयर एशोसिएसन, नेपालका अध्यक्ष ई. राजेन्द्र ढकालले ईलेक्ट्रिकल ईन्जिनियर्स वेलफेयर एशोसिएसन, नेपालले ग्रिन हाइड्रोजनका बारेमा जानकारी लिने तथा सम्बन्धीत सबै सरोकारवाला लाई भेला गराई अन्तरक्रिया गर्दा यसको प्रोत्साहनमा समेत टेवापुग्ने बताउनु भयो ।

बिगतका कार्यक्रमहरुको स्मरण गराई ईलेक्ट्रिकल ईन्जिनियर्स वेलफेयर एशोसिएसन, नेपालले यस्तै क्षेत्रगत नयाँनयाँ प्रबिधितथा सुचना आदान प्रदानगर्दै आईरहेको समेत अवगत गराउनु भयो ।

ईलेक्ट्रिकल ईन्जिनियर्स वेलफेयर एशोसिएसन, नेपाल एक बिशुद्ध गैर राजनैतिक, गैर नाफामुलक संस्था भएकोले सम्पुर्ण इक्ष्छुक ईलेक्ट्रिकल ईन्जिनियरहरुलाई सदस्य बन्न आग्रह समेत गर्नुभयो । कार्यक्रममा बिभिन्न निकायमा कार्यरत ईलेक्ट्रिकल ईन्जिनियरहरु तथा उर्जा उद्योग सँग सम्बधित झण्डै सय जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्यघोषण तथा सहजिकरण गर्दै ईलेक्ट्रिकल ईन्जिनियर्स वेलफेयर एशोसिएसन, नेपालका सचिव ई. बिनोद शर्माले एशोसिएसनका हाल सम्मका गतिबिधिका बारेमा जानकारी दिन“यो यात्रा, यहाँ सम्मको” प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा एशोसिएसनका उपाध्यक्ष ई. शिव नारायण गोशलीले स्वागत मन्तब्य तथा नेपाल बिद्युत प्रधिकरण, गण्डकी प्रादेशिक कार्यालयका प्रमुख निर्देशक कमलआचार्य र नेपाल ईन्जिनियर्स एशोसिएसनका केन्द्रीय सदस्य याम कृष्ण पौडेलले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

Leave a Reply