म्याग्दीका स्थानीय तहले बेनी अस्पतालको भौतिक, उपकरण र जनशक्ती ब्यवस्थापनमा सहयोग नगरेको गुनासो गरिएको छ । सोमबार अस्पतालमा आयोजित बार्षिक समिक्षा बैठकमा जिल्लाको एकमात्रै अस्पताल भएपनि स्थानीय तहबाट गुनासो मात्रै गर्ने गरिएपनि बिरामीको सहज उपचारका लागि आवश्यक सहयोगमा चासो नदेखाउने गरिएको बताइएको हो ।

सिमित स्रोतसाधनबाट सञ्चालित अस्पतालमा १२० जनाको जनशक्ती भएपनि सरकारी दरबन्दीमा चिकित्सक र स्टाप नर्स सहित स्वास्थ्यकर्मी २६ जना कार्यरत रहेको र बाँकी सबै अस्पतालको स्रोतबाट नै ब्यवस्थापन गरिएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुबेदीले बताउनुभयो ।

‘हामीलाई स्थानीय तहको सहयोग चाहिन्छ, जनशक्तीमा सघाउनुहोस्, सधै गुनासो मात्रै गर्नुहुन्छ’ अध्यक्ष सुबेदीले भन्नुभयो। जिल्लामा रहेका ६ वटै स्थानीय तहले जनशक्तीमा सहयोग गरेमा उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने अध्यक्ष सुबेदीको भनाई छ ।अस्पतालमा हाल स्वास्थ्यकर्मी बाहेक कन्सल्टेन्ट डाक्टर ६ जना र मेडिकल अधिकृत १२ जना रहेका छन् ।

५० सैयाको अस्पतालको अस्थायी संरचनामाहाल ७६ बेडमा सेवा प्रवाह गरिरहेको अवस्थामा ६ वटै स्थानीय तहले मेडिकल जनरलिष्ट (एमडीजिपी) चिकित्सकको दरबन्दी सहयोथ गरेमा समग्र रोगको औषधि उपचार तथा परामर्शमा सहज हुने अध्यक्ष सुबेदीको भनाई छ ।

स्थानीय तहका स्वास्थ्य शाखामा कार्यरत दरबन्दीको ब्यवस्थापन तथा आफ्नो पालिकाबाट आउने बिरामीलाई समेत सहज हुने गरी स्थानीय जनप्रतिनिधिबाट सहयोगको अपेक्षा गरिएपनि हालसम्म गुनासो मात्रै धेरै गर्ने गरेको भन्दै अब सहकार्य गरी प्रभावकारी सेवामा ध्यान दिन अनुरोध गरिएको थियो ।

बेनी अस्पतालले बिरामीलाई रिफर गर्ने गरेको जनप्रतिनिधिको गुनासोमा अध्यक्ष सुबेदीले सबै प्रकारका रोगबाट ग्रसित बिरामीको उपचारमा खटिने एमडीजिपीको दरबन्दी कायम गर्न सकेमा जिल्लाभित्रका बिरामीलाई सहज हुने बताए । बालबालिकादेखि पाको उमेरसम्म सबै उमेर समूहका व्यक्तिको औषधि उपचार तथा परामर्शमा एमडीजिपी चिकित्सक खटिन्छन् ।

एमडीजिपी अध्ययन गरेका चिकित्सकलाई स्वास्थ्य सेवाको मेरुदण्ड जस्तै गेट किपर र ट्राफिक चिकित्सकका रूपमा समेत चिनिन्छ। बार्षिक समिक्षा बैठकमा स्थानीय तहसँग सहकार्य गरी रिफर दरलाई सुन्यमा छार्न जनशक्ती ब्यवस्थापन तथा बिरामीको उपचारका लागि समेत अस्पतालमा पालिकास्तरीय कक्षहरु बनाउन सकेमा झनै प्रभावकारी हुने बताइएको थियो।

Leave a Reply