म्याग्दीमा डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ। गत साउन यता १०३ जना डेंगुका बिरामी भेटिएमा असोज महिनामा संक्रमणको ग्राफ ह्वात्तै उकालो लागेको छ । यस वर्ष जिल्लाका ६ वटै स्थानीय तहका दुर्गम बस्तीसम्म डेंगुले आक्रान्त बनाएको छ । गतबर्ष १०७ जनामा डेंगु सङ्क्रमण भेटिएकोमा साउन, भदौ र असोज महिनाको पहिलो सातासम्म १०३ जना संक्रमति भेटिएको बेनी अस्पतालका मेडिकल रेर्कडर सुपरभाइजर अनिल सापकोटाले बताए ।

उनका अनुसार उपचार गराउन आएका बिरामीमध्ये साउनमा १४ जना, भदौमा ५६ जना र असोजमा ३३ जनामा डेंगु संक्रमण भेटिएको छ । भदौ र असोज महिनामा डेंगुसँगै स्क्रब टाइफसको सङ्क्रमण समेत बढेपछि नियमित चेकजाच सहित अन्य विभिन्न रोगका बिरामीको समेत चाप बढेपछि बिरामीहरूलाई राख्नका लागि बेडको अभाव हुन थालेको छ ।

५० शैया क्षमताको अस्पतालमा ७७ बेड भएपनि उपचारका लागि आउने बिरामी मध्ये भाइरल ज्वरोका बिरामी अत्यधिक आउन थाले पछि बिरामीहरूलाई व्यवस्थापन गर्न समस्या हुने गरेको अस्पताल ब्यवस्थापन समितिले जनाएको छ । जटिल समस्या देखिएका बिरामीलाई भर्ना गरी अन्यलाई नियमित फलोअफमा आउने गरी पठाउने गरिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अञ्जु थापाले बताइन् ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

‘गर्मी सिजनसँगै डेंगु तीव्र गतिमा बढेको देखिएको छ, अहिले भेटिएका बिरामीको संख्या राम्रो संकेत होइन’डा. थापाले भनिन् । उनका अनुसार भदौदेखि मंसिर महिनासम्म डेंगुको सिजन पनि हो । डेंगु र स्क्रब टाइफसको लक्षण मिल्दोजुल्दो हुन्छ । जिल्लाको हिमाली क्षेत्रमा समेत लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमणको समस्या देखिएपछि तीन बर्ष अगाडी बिरामीको नमूना सङ्कलन तथा खोजमा विज्ञको टोलीले म्याग्दी जोखिमपूर्ण क्षेत्रको सूचीमा राखेको थियो ।

यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ। यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ। यो लामखुट्टे फैलनका लागि ह्युमिडिटि (सापेक्षित आद्रता) ६० प्रतिशत आवश्यक पर्छ। ६० प्रतिशत ह्युमिडिटि भनेको वायुमण्डलमा हुने पानीको मात्रा बुझिन्छ।

६० प्रतिशत ह्युमिडिटिले यो लामखुट्टे फैलाउन सघाउछ। खेतबारी,बगैचा, गमला, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एक वर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम भने रही रहछ। डेंगु फैलाउने यो लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फुल पार्ने गर्छ। जीउ दुख्नु, उच्च ज्वरो आउनु, आँखाका गेडी दुख्नु, मांसपेशी तथा हाडजोर्नी दुख्नु, झाडापखाला लाग्नु र वान्ता आउनु डेंगुका लक्षण हुन्।

डेंगु भाइरसले सङ्क्रमित लामखुट्टेले टोकेको तीन देखि १० दिनभित्र शरीरमा यसको लक्षण देखिन सक्छ। यसैबीच गतबर्ष ७२जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको म्याग्दीमा चालु आवको साउन देखि असोज महिनाको पहिलो सातासम्म ५२ जनामा मुसामा हुने किरा (माइट) को टोकाइबाट सर्ने स्क्रब टाइफस भेटिएको बेनी अस्पतालले जनाएको छ। संकास्पद बिरामीमध्येको नमूना परीक्षणमा उक्त संख्यामा स्क्रब टाइफस भेटिएको थियो।

के हो स्क्रब टाइफस ?
मुसामा देखिने किर्नाजस्तो किराले टोकेमा यो रोग मानिसमा सर्ने गरेको चिकित्सकले बताएका छन्। चिकित्सकका अनुसार जीवजन्तुबाट घाँसपात तथा झारमा झरेको किर्ना मानिसमा सर्ने र त्यसले टोकेमा यो रोग सर्नेगर्छ। शुरुकै अवस्थामा यो रोगको उपचार गरिए सामान्य औषधिले निको हुन्छ।

रगतमा यसको सङ्क्रमणको मात्रा बढ्दै गएपछि यसले मिर्गाैला र कलेजोमा प्रभाव पार्छ भने श्वासप्रश्वासमा पनि समस्या देखिन्छ। यसको उपचारमा ढिलो भयो भने बिरामीको ज्यान जान सक्ने सम्भावना बढी हुन्छ। स्क्रब टाइफस हुँदा धेरै ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखा रातो हुने, झाडापखला लाग्ने, शरीरमा दाद देखिने, शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्ने र कडाखालको श्वासप्रश्वास समस्या देखिन्छ।

सचेतनामुलक अभियान सुन्य
डेंगु संक्रमणको ग्राफ भयावह भएपनि स्थानीय तह, सरोकारवाला निकायले रोकथाम तथा नियन्त्रणका अभियानहरू सञ्चालनमा छैनन् । विगतमा सर्च एण्ड डिस्ट्रोय कार्यक्रम सञ्चालन गर्ने गरिएपनि बेनी नगरपालिका र पाँचवटै गाउँपालिकामा यसपटक सचेतनामुलक गतिविधि न्युन छ । विगतमा सरकारी निकाय, समुदायका संघसंस्था र स्वास्थ्य संस्थाहरूले अभियान सञ्चालन गर्दा संक्रमतिको संख्या घटेको थियो ।

File photo

अघिल्लो दुई वर्ष संक्रमितको संख्या नाटकीय रूपमा घटेको अवस्थामा यसपटक डेंगु संक्रमण फैलाउने लामखुट्टे र त्यसको लार्भा नष्ट गर्ने, डेंगु फैलने स्थान पहिचान गरी थप कार्ययोजनासहितको गतिविधि सुस्त भएको स्थानीय तहका स्वास्थ्य शाखाले नै स्वीकार गरेका छन् । ‘सचेतनामूलक कार्यक्रमले संक्रमितको संख्या घटाउन सघाउँछु, बेवास्ता गर्दा जोखिम नियन्त्रण बाहिर जाने सम्भावना हुन्छ’ स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले भने ।

File photo

उनले डेंगु सार्ने लामखुट्टे पाइने सम्भावित जोखिम मानिएका स्थानमा नियमित सरसफाइसहितको अभियान सञ्चालन गर्नुपर्ने बताए। यसअगाडी बेनी बजारमा ‘घरमा डेंगु सार्ने लामखुट्टे आफैं मार्ने, समुदायमा सँगै मिलेर नष्ट गर्ने’ अभियानले बजार क्षेत्रमै संक्रमति घटेपनि यसबर्ष सबैभन्दा धेरै बिरामी बजार क्षेत्रमै भेटिएका छन् ।

Leave a Reply