म्याग्दीको सदरमुकाम बेनीबजारमा जोगीको भेषमा मदिरा सेवन गरी चन्दा आंतक र धम्काउने गरेको भन्दै एक अधिकारकर्मीले अपिल गरेका छन् ।

मानवअधिका तथा शान्ति समाज म्याग्दीका सभापति हरिप्रसाद पौडेलले मदिरा सेवन गरी अश्लिल शब्द प्रयोग गर्ने, धम्काउने, महिला तथा बालबालिकालाई असुरक्षित बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय, बेनी नगरपालिका, जिल्ला प्रहरी कार्यालय म्याग्दी, म्याग्दी उद्योग वाणिज्य संघको नाममा सार्वजनिक अपिल गरेका छन् ।

‘उनीहरुले भनेको पैसा नदिए आक्रमण नै गर्न खोज्ने, समुह नै बनाएर बजारमा आएका छन्, अति भएपछि सहयोग मागेको हो’ पौडेलले भने ।

आफूलाई धार्मिक सन्त बताउँदै आएका ब्यक्तिले मदिरा सेवन गदैं होहल्ला गर्ने, स्कुले विद्यार्थीलाई तर्साउने, अपशब्द बोल्ने गरेका छन् । ‘स्कुले विद्यार्थी भागभाग गर्छन,‘मानसिक सन्तुलन समेत गुमाएजस्तो देखिन्छन’ एक बजारबासीले भने । बजारभित्र रहेका अपरिचित ब्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिई जिल्ला बाहिर पठाउन समेत अनुरोध गरेका छन् ।

Leave a Reply