वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका म्याग्दीको धवलागिरी गाउँपालिका–४,का लिल प्रसाद घर्ती मंगलबार साँझ स्वदेश फर्किएका छन् । ९ बर्षदेखि परिवारसँग सम्पर्कविहिन भएर बसेका घर्तीको मोना मलेसियाले खोज तथा उद्धारपछि एक नेपालीको सहयोगमा घर फर्किएका हुन् ।

११ बर्ष अगाडी मलेसिया गएका घर्तीको दुबै आँखा बन्द भएकाले काठमाण्डौमा उपचार समेत गरिने घर फिर्तीका लागि एयरर्पोटसम्म पुगेका मोना मलेसियाका महासचिव केश रोका मगरले बताए । ‘परिवारको याचनापछि हाम्रो खोजीकार्य सफल भएको छ, आज उहाँ घर फर्किदै हुनुहुन्छ, उपचार घरफिर्तीमा मोनामार्फत केही सहयोग पनि जुटाएका छौ’ महासचिव रोका मगरले भने । लिलप्रसादको खोजीका लागि श्रीमति लक्षिमा घर्तीले मोनामा अपिल गरेपछि मोना खोज तथा उद्धारमा जुटेको थियो ।

नेपाली दुताबास, जिल्ला प्रशसान कार्यालय म्याग्दीमा रहेको आप्रवासी सहायता केन्द्र लगायत नेपाली संघसंस्थासँग समेत मोनाले समन्वय गरेको थियो । मोनाका प्रतिनिधिले सेलाङ्घर भन्ने स्थानमा रहेको एक केमिकल कम्पनीमा घर्तीलाई फेला पारेपछि घर फिर्तीका लागि प्रक्रियामा सहयोग गरेको मोना मलेसियाका अध्यक्ष पूर्णबहादुुर रोकाले बताए ।

‘खोजीकार्य र घर फिर्तीमा सहयोग गर्ने सबैलाई धन्यवाद,उहाँलाई लिन छोरी सहित परिवारका सदस्य काठमाण्डौमा आइपुग्नुभएको छ’ अध्यक्ष रोकाले भने । उनले मोनाका अभियानमध्ये यो सबैभन्दा ठूलो खुसी भएको बताए । लामो समयदेखि केमिकल कम्पनीमा कार्यरत घर्तीले जोखिमपूर्ण तरिकाले काम गर्नुपर्ने भएपनि सुविधा न्यून रहेको र ज्यादै दुःख र सास्ती व्यहोर्नुपरेको बताए ।

‘तलबले खान बस्ने समेत मुस्किल थियो,सबैको सहयोगले घर फर्किन पाए, अब आँखाको उपचार गरी घरमै बस्छु, यसैमा म खुसी छु’ घर्तीको भनाई उद्धित गदैं मोना मलेसियाका महासचिव रोका मगरले भने । मलेसिया गएका एकदशकपछि घर फर्किन लागेका घर्तीको परिवारमा खुसीयाली छाएको छ ।

बैदेशिक रोजगारीमा खाडीमुलुकमा रहेका छोरा छोरा चित्र घतीसँग समेत फोनमा कुरा गरी स्वदेश फर्किएका घर्तीको आँखा बन्द छ । यता मोना अन्तराष्ट्रियका अध्यक्ष ददीवल खड्काले मोना मलेसियाको सक्रियताका लागि धन्यवाद दिदैं मलेसियामा रहेका म्याग्देलीलाई मोनामा आवद्ध हुन समेत अनुरोध गरेका छन् ।

‘मोना दुखसुखको साथी हो, प्रवासमा रहदाँ मोनाको सम्पर्कमा रहनुहुन अनुरोध छ, हामीले जस्तोसुकै समस्या परेको बेलामा पनि सहयोग गछौं’ अध्यक्ष खड्काले भने । उनले प्रवासमा परिवारको सम्पर्क बाहिर रहेकाहरुका बारेमा जानकारी गराउन समेत अपिल गरेका छन् ।

Leave a Reply