व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहित म्याग्दीको मंगला गाउँपालिका–१ पैयूपाँटा कुहुँमा १५ दिने भलिबल प्रशिक्षण सुरू भएको छ ।

गाउँमा भलिबल खेलमा यूवाको आर्कषण देखिएपछि समाज कल्याण युवा क्लबद्वारा आयोजना गरेको प्रशिक्षणको उद्घाटन गदैं गाउँपालिकाका प्रबक्ता एवम् वडा अध्यक्ष एकजित रोकाले भलिबल खेलको विकासमा सबै खेलप्रेमी र सरोकार भएका पक्षको हातेमालो चाहिने बताए । उनले भलिबल खेलाडीहरूका लागि प्रशिक्षणमार्फत अनुशासित, दक्ष र प्रतिस्पर्धी खेलाडी उत्पादन हुनेमा विश्वास व्यक्त गरेका थिए ।

उनले खेल क्षेत्रको उत्थानमा वडा तथा गाउँपालिकाबाट समेत सधै सहयोग हुने प्रतिबद्धता समेत जनाए । सोही अवसरमा जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले म्याग्दीको भलिबल खेललाई उचाईमा पुर्याउन नियमित प्रशिक्षण सहितका तालिमको आवश्यकता रहेको बताए ।

उनले संघमार्फत प्रतिभा पहिचानका लागि तालिम तथा जिल्लास्तरीय प्रतियोगिताहरु समेत सञ्चालन भइरहेको बताउँदै म्याग्दीलाई भलिबल खेलमार्फत नै विश्वभर चिनिने अवस्था आएको बताए । तालिममा मंगला भलिबल संघका अध्यक्ष मुक्तमान केसीले पालिकाभित्र लुकेका प्रतिभाको पहिचानका लागि तालिमको आवश्यकता रहेको र उदयमान खेलाडीलाई आवश्यक सहयोग गर्ने बताए ।

तालिमको प्रशिक्षण जिल्ला भलिबल संघका महासचिव कुमार किसानले गरेका छन् । प्रयोगात्मक र सैद्धान्तीक रुपमै खेलाडीहरुलाई फिङ्गर पोजिसन, रोटेशन लगायतको बारेमा सहजीकरण गरिएको थियो । प्रतियोगितामा महिला १० र पुरुष २० जनाको सहभागिता रहेको छ।

Leave a Reply