म्याग्दी बहुमुखी क्याम्पस र तनहुँको व्यास नगरपालिका वडा-१ विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पस बीच संस्थागत सहकार्यको सम्झौता भएको छ ।

क्याम्पसको शैक्षिक तथा विविध ज्ञानसीप हस्तान्तरण, समस्या समाधान सहित प्राध्यापक,विद्यार्थी विचको सुमुधुर सम्बन्ध स्थापित गर्न,संयुक्त गोष्ठी, सभा,भेला प्रदर्शनी तथा बैठक आदिको सह–आयोजना गरिने छ । यसका अतिरिक्त सम्झौतामाप्राज्ञिक अनुसन्धान, शैक्षिक सूचना तथा प्रकाशन, कला तथा संस्कृतिका क्षेत्रहरूमा दुई क्याम्पस बीच सहकार्य गर्ने उल्लेख गरिएको छ ।

उक्त सम्झौतामा म्याग्दी बहुमुखी क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख श्रीधर सुवेदी र सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुवेदी र आदिकवि भानुभक्त क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख महाप्रसाद हड्खले र सहायक क्याम्पस प्रमुख सागर पौडेलको हस्ताक्षर छ ।

म्याग्दी बहुमुखी क्याम्पसले शैक्षिक, प्रयोगात्मक तथा उत्पादनमुखी क्षेत्रमा विद्यार्थीलाई लक्षित गरी विभिन्न तालिम सञ्चालन गरिरहेको अवस्थामा नेपाल तथा विदेशमा रहेका क्याम्पसहरुसँग समेत सम्बन्ध स्थापित गर्ने उदेश्य रहेको क्याम्पस प्रमुख श्रीधर सुबेदीले बताउनुभयो । ‘पुर्वविद्यार्थीमार्फत हामीले देश बाहिरका क्याम्पससँग पनि सम्बन्ध जोड्ने प्रयास गरेका छौ, नमुना क्याम्पस बनाउन आवश्यक सबै क्षेत्रमा हाम्रो उपस्थिती रहन्छ’ प्रमुख सुबेदीले भन्नुभयो ।

Leave a Reply