म्याग्दीको बेनी नगरपालिका ९ स्थित ऐतिहासिक ढोलठान दरबारमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । विक्रम सम्वत १६३१ देखि १८४३ सम्म यहाँ पर्वत राज्यको राजधानी रहेको इतिहास छ । ऐतिहासिक महत्वको ढोलठानको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ ।

ढोलठान दरबारको संरक्षण र पूर्वाधार निर्माणा लागि गत आर्थिक वर्षमा भू–तथाजलाधार व्यवस्थापनकार्यालय पर्वत मार्फत ढोलठाना संरक्षण योजनाका लागि १० लाख र पर्यटन तथा उद्योग कार्यालय म्याग्दी मार्फत १० लाख गरेर २० लाख रुपियाँको बजेटमा पर्यटन पूर्वाधार निर्माण गरिएको छ ।

पुरानो दरबार रहेको ठाउँमा मौलिक सीप, कला र स्रोतसाधनको प्रयोग गरेर विश्राम तथा दृश्यावलोकन स्थल, पदमार्ग र प्रवेशद्वार निर्माण गरिएको छ । दरबार प्रवेश गर्नका लागि ढुङ्गाको प्रयोग गरेर मौलिक सीपबाट आकर्षक किसिमको प्रवेशद्धार बनाइएको उपभोक्ता समितिका सचिव याम विश्वकर्माले बताए ।

ढुङ्गा र माटोकोप्रयोग गरेर दुई सय मिटर सिँढी चिनेको पदमार्गका साथै उद्यान र बसेर दृश्यावलोकन गर्न ढुङ्गाको सिँढी सहितको विश्रामस्थल बनाइएको छ ।

प्रदेश सरकारकै थप १० लाख बजेटबाट उद्यान परिसरलाई संरक्षण गर्न टेवापर्खाल निर्माण गरिएको छ ।पर्वत राज्य नेपालमा विलयभएको वि.सं. १८४३ सम्म ढोलठानामा सो राज्यको राजधानीका रूपमा रहेको तथ्यहरु फेला परेको वडा अध्यक्ष चक्रबहादुर केसीले बताए ।

ढोलठानालाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्य अनुसार यसअघि ३० लाख बजेटबाट सडक, पदमार्ग, उद्यान, सार्वजनिक शौचालयर विश्रामस्थल निर्माण भएको छ । ढोलठानामा थप पूर्वाधार निर्माणका लागि डिपिआर बनाएर अगाडी बढेको छ । पुराना अभिलेख तथा चिनारीहरुको संरक्षण गरेर राख्न सङ्ग्राहलय बनाउने योजना वडाको रहेको छ ।

समुन्द्री सतहदेखि एक हजार आठ सय ८० मिटर उचाइमाअवस्थित ढोलठानाबाट धवलागिरि,अन्नपूर्ण, नीलगिरिलगायतदर्जनौंहिमाल, सूर्योदयको मनमोहक दृश्यको अवलोकन गर्न सकिन्छ ।

बेनी देखि ढोलठाना सम्मको सडक स्तरोन्नति गरी सहजबनाएयहाँआउने पर्यटकको संख्यामा वृद्धि हुने स्थानीयहरुले आशा गरेका छन् ।

यसैबीच बेनी नगरपालिका भित्र बेनी, गलेश्वर, पुलहआश्रम, ढोलठान, जगन्नाथ मन्दिर हुदै तातोपानी कुण्डसम्मको क्षेत्रलाई प्राचिनकालिन क्षेत्रका सम्पदाको संरक्षण सहित पदैल र सवारीसाधनबाट घुम्ने धार्मिक पर्यटकीय रुटको रुपमा समेत विकास गर्ने तयारी भइ रहेको छ ।

Leave a Reply