भोली बिहिबारदेखि आइतबारसम्म म्याग्दी सहित ५६ वटा जिल्लाका धेरै ठाउँमा ठूलो वर्षा हुनअनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको र देशभर मनसुनी वायुको प्रभाव रहेकोले आउँदो १२ गतेसम्म नै बदली हुने र धेरै ठाउँमा पानी पर्ने भन्दै उच्च सतर्कताका लाागि सूचना जारी गरिएको छ।

महाशाखाले विशेष बुलेटिन निकालेर मनसुनको असर बिहिबारदेखि धेरै ठाउँमा पानी पर्न सक्ने जानकारी दिएको छ । मनसुनी वायुसँगै बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभाव भई विभिन्न ठाउँमा मेघगर्जन÷चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

बुलेटीनमा म्याग्दी, बागलुङ, पर्वत गण्डकी प्रदेशका केही ठाउँमा वर्षा हुन थालेको छ । महाशाखाले इलाम, पाँचथर, तनहुँ, लम्जुङ, कास्की, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, दाङ, सुर्खेत, सल्यान, रुकुम, जाजरकोट, कैलाली, कञ्चनपुर, डडेलधुरा लगायतका २७ जिल्लामा समेत वर्षा र यसको जोखिम रहने जनाएको छ ।

महाशाखाले अहिले पर्ने पानीले कृषि क्षेत्र मुख्यगरी धानबालीमा असर पार्ने देखिएकाले धान काट्नु र थन्क्याउनु अघि मौसमको अध्यावधिक अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ । यस्तै उच्च जोखिममा रहेका जिल्लामा वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको सम्भावना भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

Leave a Reply