पर्वतको जलजला गाउँपालिका-३,बौरमा ‘स्केट हाउस’ सञ्चालनमा आएको छ ।साजन फगामी र बिनम थजालीले करिब १५ लाखको लगानीमा ’ब्रोदर हुड’ स्केट हाउस सञ्चालनमा आएको हो । साहसी खेल प्रेमीका लागि लक्षित गर्दै करिब एक महिना अगाडी सञ्चालनमा ल्याएको सञ्चालक साजन फगामीले बताए ।

उनका अनुसार दैनिक ३० देखि १ सयको हाराहारीमा किशोरकिशोरी तथा युवायुवती आउने गरेको बताउँदै पछिल्लो समय पाको पुस्ताको समेत चासो बढेको बताए। स्केट नियमित खेल र अभ्यासका लागिट्रेनर सँगै सुरक्षाका लागि हेलमेट, सेफ्टी गार्ड, नि गार्ड लगायतका सामग्री समेत रहेको छ । स्केटिङ गर्न प्रतिघण्टा २०० रुपैयाँ लाग्ने छ ।  खेलमा सहभागि हुनका लागि ८ वर्ष भन्दा तलका बालबालिकालाई अभिभावक साथमा आउनुपर्ने नियम बनाइएको छ।

Advertisement 

खेल खेल्दा शारीरिक तथा मानसिक रुपमा नै आनन्द महसुस हुने गरेको खेलाडीको भनाई छ । बालबालिकाको ध्यान बढी मोबाइलमा, टेलिभिजनमा केन्द्रित भएकाले स्केट हाउसले विद्यार्थीको आनीबानीमा समेत परिवर्तन आएको स्थानीय सिद्धबाबा यूवा क्लवका अध्यक्ष जगत गैरे बताउँछन् ।

Advertisement 

‘मोबाइल र टिभी छाडेर स्केटतर्फ बढ्दो आकर्षण छ, दिनभरी मोवाइलमा देखिनेहरु बिदाको समयमा खेलमा रमाइरहेको देखिन्छ’ क्लवका अध्यक्ष गैरेले भने । ‘स्केट’ बालबालिका खेल्ने र रमाउने थलो बनेकाले यसलाई खेल स्वास्थ्य तथा विद्यार्थीको आनीबानी सुधारको रुपमा समेत प्रयोग गर्न सकिने अभिभावकहरुको भनाई छ । म्याग्दीको सदरमुकाम बेनी, गलेश्वर, पर्वत बेनी लगायतका क्षेत्रबाट खेल्न आउने गरेका छन् ।

Leave a Reply