म्याग्दीमा ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान प्रभावहिन बन्दा दैनिक डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो दुई महिनामा संक्रमणको ग्राफ ह्वात्तै उकालो लागेको अवस्थामा सरोकारवाला निकाय र समुदायस्तरमा सचेतनामुलक अभियान सुन्य जस्तै छ ।

File photo

गतबर्ष १०७ जनामा डेंगु सङ्क्रमण भेटिएकोमा साउन, भदौ र असोज महिनाको पहिलो सातासम्म १ सय संक्रमति नाघेका छन् । साउनमा १४ जना, भदौमा ५६ जना र असोजमा ३३ जनामा डेंगु संक्रमणी छन् । अघिल्लो बर्षभरीको संक्रमतिको संख्या तीन महिनामै उछिनेको अवस्थामा विगतमा सरकारी निकाय, समुदायका संघसंस्था र स्वास्थ्य संस्थाहरूले अभियान सञ्चालनलाई बेवास्ताले संक्रमति बढेको स्वास्थ्यकर्मीको भनाई छ ।

File photo

बेनी नगरपालिका र पाँचवटै गाउँपालिकाको स्वास्थ्य शाखा तथा समुदायस्तरमा वडा, स्वास्थ्य संग सम्बन्धित संघसंस्थाबाट विगतमा सचेतनामुलक अभियान र लामखुट्टेको बासस्थान भत्काउने लगायत सरसफाई अभियानले संक्रमतिको संख्या नाटकीय रूपमा घटेको थियो ।

File photo

डेंगु संक्रमण फैलाउने लामखुट्टे खेतबारी,बगैचा, गमला, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एक वर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम भने रही रहछ। डेंगु फैलाउने यो लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फुल पार्ने गर्छ । यसपटक प्रभावकारी सचेतनामुलक अभियान तथा खोज र नष्ट गर्ने कार्यमा ध्यान नपुगेको जनप्रतिनिधिले नै स्वीकार गरेका छन् ।

डेंगु सार्ने लामखुट्टे पाइने सम्भावित जोखिम मानिएका स्थानमा नियमित सरसफाइसहित ‘घरमा डेंगु सार्ने लामखुट्टे आफैं मार्ने, समुदायमा सँगै मिलेर नष्ट गर्ने’,ग्यारेजमा राखिएका गाडीका टायरमा जमेको पानी,पानी जमेको ठाउँहरु, गमलाहरुको सरसफाई गर्नुपर्ने बेनी अस्पतालका मेडिकल अधिकृत डा.गोविन्द पोख्रेलले बताए ।

एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाइबाट दिनको समयमा मात्र टोक्ने गर्दछ । जीउ दुख्नु, उच्च ज्वरो आउनु, आँखाका गेडी दुख्नु, मांसपेशी तथा हाडजोर्नी दुख्नु, झाडापखाला लाग्नु र वान्ता आउनु डेंगुका लक्षण हुन्।डेंगु भाइरसले सङ्क्रमित लामखुट्टेले टोकेको तीन देखि १० दिनभित्र शरीरमा यसको लक्षण देखिन सक्छ।

यसैबीच गतबर्ष ७२जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको म्याग्दीमा चालु आवको साउन देखि असोज महिनाको पहिलो सातासम्म ५२ जनामा मुसामा हुने किरा (माइट) को टोकाइबाट सर्ने स्क्रब टाइफस भेटिएको बेनी अस्पतालले जनाएको छ । संकास्पद बिरामीमध्येको नमूना परीक्षणमा उक्त संख्यामा स्क्रब टाइफस भेटिएको थियो। ।डेंगु र स्क्रब टाइफसको लक्षण मिल्दोजुल्दो हुन्छ ।

Leave a Reply