राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज शुक्रबार र भोलि शनिबार दुई दिन रात्रीकालीन बसमा यात्रा नगर्न र यातायात ब्यवसायीलाई समेत नचलाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम रहेको बताउँदै वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरु उच्च जोखिममा रहेको अवस्थामा असोज १० र ११ गते रात्रिकालीन बन चलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ ।

मनसुन सक्रिय भएसँगै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले धौलागिरीको म्याग्दी, बागलुङ, पर्वत सहित देशभरका ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको थियो ।

मौसमविद् प्रतिभा मानन्धरले मनसुन सकिने बेलामा बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय क्षेत्र उत्तर पश्चिमतिर सर्ने क्रममा भारतको बिहार नजिकै आइपुग्नेको अवस्थामा भारीदेखि अत्यधिक भारीसम्म वर्षाको सम्भावना रहेको प्रक्षेपण गरिएकाले सतर्कता अपनाउन अनुारधे गरेकी छन् ।

यसैबीच भारी वर्षाले विशेष गरी कृषि क्षेत्रमा गम्भीर असर पार्न सक्ने भएकाले किसानहरूलाई खेतीपाती सुरु गर्नु अघि मौसमको अपडेट जानकारी लिइरहन सुझाव दिइएको छ।

सूचनालाई हेरी आपतकालिन अवस्थामा लामो यात्रा तय नगर्न र ठूला तथा साना नदी–नालामा पानीको सतह बढ्ने, सडक, स्वास्थ्य, पर्यटन र हवाई यातायातसमेत प्रभावित हुनसक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण र सरोकारवालाहरूलाई अपिल गरिएको छ।

Leave a Reply