---Advertisement---

म्याग्दीका चिरञ्जीवि शर्मालाई बरिष्ठ अधिबक्ताको उपाधि

On: September 27, 2024 10:18 PM
Follow Us:

म्याग्दीका चिरञ्जीवि शर्मा पौडेलले बरिष्ठ अधिबक्ताको उपाधि पाएका छन् । बिहीवार बसेको फुलकोर्ट बैंठकले शर्मा सहित १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको हो । बेनी नगरपालिकाका–१०, का स्थायी बासिन्दा शर्मा हाल गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताको रुपमा कार्यरत छन् ।

२०४८ देखि कानुन व्यवसायमा आबद्ध शर्मालामो समयसम्म शिक्षण पेसा सहित जिल्ला वार एशोसिएशन म्याग्दीको ५ पटक अध्यक्ष समेत भएका थिए । राजनिती शास्त्रमा एमए,कानुनमा बिएल र अंग्रेजीमा बिएड पास गरेका शर्मा कांग्रेस म्याग्दीका पुर्व जिल्ला सचिव तथा लोकतान्त्रिक कानुन व्यवसायी संगठन (डिएलए) जिल्ला अध्यक्ष हुँदै केन्द्रीय महाधिवेशन प्रतिनिधि सहित दर्जन संघसंस्थामा आवद्ध छन्।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले बताए । लामो समयदेखि कानुन व्यवसायमार्फत समाजलाई योगदान गरेको,नैतिक आचरण ,क्षमता ,प्रतिष्ठा विधिको शासन प्रवर्द्धनमा सहयोग पु¥याएका अधिवक्ताहरुलाई कदर र सम्मान स्वरुप ‘वरिष्ठ अधिवक्ता’को उपाधि दिने गरिन्छ ।

वरिष्ठ अधिवक्ताले अदालतमा बहस पैरवी गर्न जाँदा साथमा एक जना अधिवक्ता लिएर जानुपर्ने नियम छ । नेपालमा पहिलो पटक १२ कात्तिक २०१३ मा सर्वोच्च अदालतले पहिला पटक वरिष्ठ अधिवक्ताको उपाधि दिएको थियो । सर्वोच्च अदालतको मापदण्ड अनुसार, सर्वोच्च वा उच्च अदालतमा कानुन व्यवसाय गरेको १५ वर्ष पुगेपछि मात्रै उपाधि दिन सकिने व्यवस्था राखिएको थियो ।