पूर्ण र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूको लागि हेरचारमा विषेश ध्यान दिनुपर्ने शुक्रबार म्याग्दीको सदरमुकाम बेनीबजारमा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् ।

सामाजिक विकास कार्यालयको आर्थिक सहयोग र अपाङ्ग संघ म्याग्दीको आयोजनामा विभिन्न अपाङ्गता भएका क्षेत्रमा काम गर्ने जिल्लास्तरका संस्था र पालिका स्तरको संस्थाहरूको समन्वयमा समन्वयमा सम्पन्न भएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको अभिभावकहरुलाई हेरचाहमा खेल्नुपर्ने भूमिका, समस्या तथा आवश्यकता लगायत विविध विषयमा जानकारी गराइएको थियो ।

तालिममा प्रशिक्षक रमन भट्टराईले सकारात्मक सोच तथा बेनी नगरपालिका जनस्वास्थ्य अधिकृत चन्द्र सुवेदी अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य प्रस्तावना र अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरण कार्यविधि र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल गण्डकी प्रदेश सहसचिव टिकाराम सापकोटाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई अभिभावकले कसरी हेरचाह गर्ने विषय प्रशिक्षण दिएका थिए ।

प्रमुख अतिथि बेनी नगरपालिका उपप्रमुख ज्योति लामिछाने र विशिष्ट अतिथि सामाजिक विकास कार्यालय प्रमुख रमेश थापा वडा नम्बर ८ वडा सदस्य याम बहादुर बानियाँ राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सदस्य ममता पौडेल लगायत रहेका थिए।

कार्यक्रमका प्रमुख अतिथि उपमेयर लामिछानेले अपाङ्गता क्षेत्रका समस्याहरूलाई समाधान गर्न र परिचयपत्र वितरण सहायक सामग्री वितरण सँगसँगै आगामी दिनहरूमा अपाङ्गताको अभिभावक भएर अपाङ्गता अधिकार सशक्तिकरण सचेतनाको क्षेत्रमा सधै प्राथमिकतामा रहेको प्रतिबद्धता जनाइन् ।

तालिममा ५० जनाको सहभागिता रहेका छ । अपाङ्ग संघ म्याग्दीका वरिष्ठ उपाध्यक्ष गणेश सुवेदीको अध्यक्षता, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सदस्य ममता पौडेलको स्वागत र सहसचिव विशाल विकले सञ्चालन गरेका थिए ।

Leave a Reply