अविरल वर्षाका कारण म्याग्दीको बेनी नगरपालिका-६, चुत्रेनीमा घर भत्किएको छ । लगातारको बर्षाले स्थानीय एकेन्द्र कटुवालको दुईतले कच्ची घर भत्किएको छ ।

घर भत्किँदा मानवीय क्षति नभएको र आवश्यका साम्रागीहरु समेत निकालिएको वडा अध्यक्ष कृष्णसिङ बानियाँले जानकारी दिनुभयो । घर बस्न नमिल्ने गरी भत्किएको छ ।

यसैबीच दुईदिनदेखिको लगातारको बर्षाले जिल्लाका ग्रामिण सडक अस्तब्यस्त भएको छ भने तटिय क्षेत्रमा जोखिम कायमै छ ।जिल्लाभर बाढीपहिरोबाट मानवीय क्षती नभएपनि अन्य थप क्षतिको थप विवरण संकलन गर्न बाँककी रहेको प्रहरीले जनाएको छ।

 

Leave a Reply