१४ रोपनी क्षेत्रफलमा फैलिएको म्याग्दीको पौराणिक तथा पर्यटकीयस्थल मानिने बेनी नगरपालिका–५ मा अबस्थित पुलत्स्य पुलह क्षेत्रलाई आर्कषक गन्तब्य बनाउन साझा अभियानको आवश्यकतामा जोड दिइएको छ ।

सदरमुकाम बेनीको शीरमा अवस्थित उक्त क्षेत्रको प्राचिन सभ्यता र पहिचानलाई जोगाउँदै आन्तरिक तथा बाह्य पर्यटकलाई पुग्ने गरी आवश्यक भौतिक पूर्वाधार र निर्माणधिन अवस्थामा रहेको रावण पार्कलाई पूर्णता दिन बेनी नगरपालिकाको अभियानको गुरुयोजना सहितका कार्यहरुलाई समेत सघाउनुपर्ने बताइएको थियो ।

त्रिदण्डीको मान्यता प्राप्त गरेपछि अनन्तश्री विभूषित जगदगुरु त्रिदण्डी स्वामीज्यु महाराजको सम्मान तथा भेटघाटका लागि पुलत्स्य पुलह आश्रम क्षेत्र विकास कोषका अध्यक्ष लीलाबहादुर बानियाँ, सचिव माधबप्रसाद रेग्मीसँगको छलफलमा नगरपालिकामार्फत निर्माणधिन अवस्थामा रहेको ४ रोपनीमा रावणको मुर्ती सहितको उद्यान तथा आसपासका क्षेत्रमा ध्यान केन्द्र, मेडिटेसन भवन, ऋषिले तपस्या गरेको शैलीमा सानो आकारको ध्यानस्थलका साथै आसपासका क्षेत्रमा विभिन्न प्रजातीका फुल सहित आन्तरिक रुपमा घुम्न जाने र धार्मिक भ्रमणमा स्वदेश तथा विदेशबाट आउने पर्यटकलाई बस्न मिल्ने गरी आवास सहित समयअनुकुल संरचना थप्ने गरी काम गर्नुपर्नेमा जोड थियो ।

हालसम्मको उपलब्धीहरूका बारेमा कोषका अध्यक्ष बानियाँले जानकारी गराउँदै अब स्वामीज्यूबाट थप सहयोगको आवश्यकता रहेको बताउनुभएको थियो । ‘यो भूमीलाई अब हजुरको सहयोगमा धेरै काम गर्ने योजना छ, हामीले सधै सहकार्य गर्न तयार छौ’ अध्यक्ष बानियाँले भन्नुभयो ।

विगतमा मन्दिर क्षेत्रमा भारत, भुटान र श्रींलकाबाट समेत रावणको जन्मस्थल भनेर घुम्न आएका उदाहरणहरू पस्किदै अध्यक्ष बानियाँले बेनी, अर्थुङे, गुफा,पुलाचौर, तिनमाने, नेप्टेचौर, तोरीपानी हुदै उक्त क्षेत्रसम्म जाने सडक सञ्जाललाई कालोपत्र गर्ने गरी माथिल्लो क्षेत्रमा संरचना बनाएर पर्यटकलाई घुम्न जाने बनाउनुपर्ने बताउनुभयो ।

पुलह क्षेत्रमा अध्यक्ष बानियाँको परिवारबाट ३८ रोपनी जमिन दान समेत गर्नुभएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष समेत रहनुभएका पुलत्स्य पुलह आश्रम क्षेत्र विकास कोषका सचिव रेग्मीले गलेश्वर, पुलह आश्रम,ढोलथान, जगन्नाथ मन्दिर हुदै तातोपानी कुण्डसम्मको एउटा रुट बनाएर पर्यटकको बेनी बसाई लम्बाउन सकिने बताउनुभयो ।

उक्त क्षेत्रमा पुलस्ते ऋषिले तपस्या गरेको र पुलस्तेका नाती रावण भएको विभष्भा ऋषिका छोरा रहेको धार्मिक दस्तावेजमा उल्लेख छ । पुलस्ते ऋषि सपरिवार ध्यान गर्न बेनी आईपुगेको किवंदन्ती छ । सोही क्रममा रावणको जन्म भएको मानिन्छ । १० वटा टाउको भएका रावणको जन्म भएकोले उक्त क्षेत्रमा अद्भुत शक्ति भएको दावी गदैै ६ रावणको मुर्ती सहितको पार्क निर्माणधिन अवस्थामा रहेको छ।

मन्दिर आसपासका क्षेत्रमा हवन कुण्ड, नाभी गाडेको ठाउँ समेत रहेकाले संरक्षणमा स्वामीज्यूको साथ आवश्यकता रहेकोले कोषले सहकार्य गर्ने तयार रहेको बताइएको थियो । सोही अवसरमा अनन्तश्री विभूषित जगदगुरु त्रिदण्डी स्वामीज्यु महाराजले पुलह क्षेत्रको महत्वका बारेमा भारतमा धेरै चर्चा हुने गरेको अवस्थामा मुक्तिनाथ मन्दिरको दर्शनका लागि जाने भारतीय पर्यटकहरुलाई यहाँसम्म लैजान सजिलै सकिने बताउनुभयो ।

उहाँले म्याग्दीको सदरमुकाम बेनीदेखि धौलागिरी हिमाल, अन्नपूर्ण हिमालको क्षेत्र ऋषिहरूको तपोभूमिका रूपमा पवित्र र स्वच्छ रहेको बताउँदै धार्मिक सम्पदा र धार्मिक पर्यटन नै मुख्य आम्दानीको स्रोत रहेको बताउनुभयो । म्याग्दीका शक्तिपीठहरुमध्ये बेग्लै विशेषता र पहिचान बोकेको क्षेत्रहरुको प्रचारप्रसार गरी आर्थिक चलायमन बनाउन सकिने उहाँको भनाई थियो।

 

Leave a Reply