बेनी नगरपालिका-४,सिङ्गामा अवस्थित जनचेतना युवा कल्बको शनिबार सम्पन्न अधिवेशनबाट मन बहादुर भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा लाल बहादुर कार्की, सचिव राजु बानियाँ, सहसचिव सलन खत्री, कोषाध्यक्ष रबिना बानियाँ रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा सबिन बानियाँ, भुबन खत्री, प्रकाश राना, प्रतीक रेग्मी, सुनिता कार्की, सचिब पौडेल रहेको पूर्व अध्यक्ष देबेन्द्र चोखालले जानकारी दिए। क्लवले सिंगामा खेलकुद गतिविधिसँग सामाजिक एवम् मावनीय सेवाका क्षेत्रमा समेत काम गर्ने गरेको छ ।

अधिवेशनको वडा अध्यक्ष अणबहादुर भण्डारीले उद्घाटन गर्नुभएको थियो भने अध्यक्षता निवर्तमान अध्यक्ष सुरेन्द्र भण्डारी, स्वागत संस्थापक सदस्य भुपेन्द्र बानियाँ र सञ्चालन सचिव रमेश पौडेलले गर्नुभएको थियो ।नवनिर्वाचित अध्यक्ष भण्डारीले विगतका कार्यहरुलाई निरन्तरता दिदैं आगामी दिनमा समेत थप समाजलाई आवश्यक पर्ने कार्यहरु गरिने बताउनुभयो । यस संस्थालाई स्वदेश तथा विदेशमा रहेका सिंगा बासीले आर्थिक सहयोग गदैं आइरहेका छन् ।

Leave a Reply