बाढीपहिरो र डुबानमा परेर हालसम्म १०० जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता भएका छन् भने १०१ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ललितपुरमा १८, धादिङमा १५, काठमाडौंमा २५, काभ्रे १०, मकवानपुर ७, सिन्धुपाल्चोक ६ जना, सोलुखुम्बु, पाँचथर र भक्तपुरमा ५/५ जनाको मृत्यु भएको छ ।

यसैगरी दोलखामा ३, सिन्धुली, धनकुटा र महोत्तरीमा २/२, रामेछाप, झापा, उदयपुर, इलाम, सप्तरी र नुवाकोटमा १/१ एक जनाको मृत्यु भएको उनले जानकारी दिए ।बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९,९८३ सुरक्षाकर्मी परिचालन गरिएको छ । गृहमन्त्रालयका अनुसार हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको छ

Leave a Reply