सुरेन गुरुङ /म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँको चिनारी गितको म्युजिक भिडियो छायांकन थालिएको छ । घराम्देल परिवार युकेले निर्माण गर्न लागेको गितको म्युजिक भिडियोको शनिबारदेखि छायांकलन थालिएको हो । घराम्दीका जेष्ठ नागरिक कलिसरा रन्तिजाले पुजा गरेर म्युजिक भिडियो छायांकन शुरु गर्नुभएको थियो । धनबिर पुनले शब्द रचना, गिता पाईजाको स्वर रहेको गितको म्युजिक भिडियोको निर्देशक विवेक थापा रहनुभएको छ ।

विजय लामाले गित छायांकन गर्नुहुनेछ् । घराम्दी, पेरीभरानी ताल, ठूलाखर्क, महभिर झरना लगायतका ठाउँमा गितको छायांकन गरिने भएको छ । गित र म्युजिक भिडियो निर्माणको अगुवाई गर्नुभएका घराम्दी घर भई हाल बेलायत (युके) रहनुभएका धनबहादुर पाईजाले खेलकुद र शैक्षिक सामग्री वितरण गर्नुभएको थियो ।

पाईजाले घराम्दीका विद्यार्थीहरुलाई कापी, कलम, खेलाडीहरुलाई जर्सी, बल र नेट वितरण गर्नुभएको थियो । सुटिङ टोलीलाई पनि टिसर्ट उपलब्ध गराइएको थियो । गण्डकी प्रदेश स्तरीय महिला भलिबल प्रतियोगितामा सहभागी भएका खेलाडीहरु सजिना बुढाथोकी र बर्सा फगामीलाई नगद सहित सम्मान गर्नुभएको थियो ।

बेलायतबाट आउनुभएका जकबहादुर फगामी र डेन्टल नर्स शर्मीला फगामीले स्वास्थ्य सामग्री वितरण गर्नुभएको थियो । पाइजाले आमा समूह र विद्यालयलाई साउण्ड सिस्टम उपलब्ध गराउनुभयो ।

शिक्षकहरुलाई डायरी र पेन वितरण गर्नुभएको थियो । घराम्दी टोल संयोजक गेमबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व वडा अध्यक्ष गमप्रसाद फगामी, स्थानीय तिर्थ फगामी र खरिमाया पुनले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो । आमा समुहले म्युजिक भिडियो छायांकन टिमलाई भाङग्रा लगाएर स्वागत गरेका थिए ।

Leave a Reply