---Advertisement---

नारायण पौडेल‘तारा खसेसी’को म्यूजिक भिडियो बजारमा

On: September 29, 2024 8:41 PM
Follow Us:

भनिन्छ–शंकाले लंका जलाउँछ । शंकाकै कारण कसैको प्रेम टुट्छ, कसैको घरबार । शंकाको भरमा हुँदाखाँदाको सुन्दर जिन्दगीलाई भताभुंग बनाउनेहरू थुप्रै उदाहरण हाम्रो समाजमा छ । यसै विषयबस्तुलाई आधार बनाएर लोक गायक नारायण पौडेल‘तारा खसेसी’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

म्याग्दीको सदरमुकाम बेनीबजार,प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम लगायतका क्षेत्रमा छायांकन भएको गीतमा नारायण पौडेल, अस्मि कटुवाल क्षत्री, गरिमा मगर, शब्द नकुल ढकाल नविन, संगीत धुब्र जिसीको रहेको छ। म्यूजिक भिडियोमा कलाकारहरु रिया रोकामगर, राज केसी, सुनिल बानियाँ, रञ्जिता जिसी,बालकलाकार सिप्सन शर्मा सुबास्ना आचार्य, छायांकन रमेश दर्लामी, निर्देशन कुमार केसीको रहेको थियो ।

गायक पौडेलले शंकाकै कारण कैयौँका सम्बन्ध टुटेको अवस्थालाई सन्देशको रुपमा दिदैं शंका नै अन्तिम निर्णय हुन नसक्ने भन्ने सन्देमार्फत दर्शकस्रोताको मायाँ खोजेको बताउनुभयो । म्याग्दीको लोक तथा सगित क्षेत्रमा पछिल्लो समय एकपछि अर्को म्यूजिक भिडियो सार्वजनिक भइरहेको छ ।