बाढीपहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनाबाट विस्थापित भएका र मृतकका आफन्तलाई लक्षित गरी निम्स फाउण्डेनले सहयोगको अपिल गरेको छ ।
पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ किर्तिमानी कायम गदैं आएका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)को सामाजिक एवम् मानवीय सेवामा लक्षित गरी स्थापना भएको फाउण्डेनले अमेरिकास्थित ’गो फन्ड मि’ नामक क्राउड फन्डिङ साइटबाट सहयोगको अपिल गरिएको छ । यसअगाडी समेत भूकम्प, अन्य प्राकृतिक विपत्तीको क्षेत्रमा थुप्रै सहयोग गर्नुभएका पूर्जाले देशका विभिन्न जिल्लामा भएका विपद्का घटनामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
आरोहणका लागि तिब्वतमा रहेको शिशापङ्मा पुग्नुभएका पूर्जाले सामाजिक सञ्जालमार्फत बाढी पहिरोमा ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ ।
बाढीपहिरोमा परी बेपत्ताको खोजी कार्य, प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि फाउण्डेनले ’गो फन्ड मि’बाट संकलन भएको आर्थिकसँगै आफ्नो तर्फबाट समेत संस्थागत थपेर हस्तान्तरण गर्ने जनाएको छ । विश्वभर रहेको ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटामा बिना अक्सिजनको सहायता विनै आरोहण गर्नुभएका पूर्जाको यो अभियान सकिन तिब्वतमा रहेको शिशापङ् मात्रै बाँकी छ । ‘

Leave a Reply