बेनी नगरपालिका-७, मंगलाघाटका सुमन श्रेष्ठले बेनी–बागलुङ सडकखण्डमा सडकखण्डमा आवतजावत गर्दा धेरैपटक चितुवासँग जम्काभेट भएको छ। सडकखण्डको छेउमा, नजिकै जंगलबाट हेरिरहेको अवस्था र एक्कासी अगाडिबाट बाटो काट्दै गरेको अवस्थामा श्रेष्ठजस्तै बेनपा-१ अर्जमका तिलाराम थापाले समेत धेरैपटक चितुवासँग आँखा जुधाउनुभएको छ ।

यूवा ब्यवसायी श्रेष्ठले पटकपटक यात्राको क्रममा चितुवा सडक आसपासमा बसेको भिडियो नै कैद गर्नुभएको छ । सडकखण्डका विभिन्न स्थानमा साझँपख चितुवा देखिन्छ । सडकखण्डमा एकाविहानै र साँझपख पैदल र दुई पाङ्ग्रे सवारीसाधनमा यात्रा गर्ने अधिकांसले पटकपट चितुवा देखेका छन् । ‘बाटैभरी चितुवा छ,‘साँझपख एक्लै यात्रा नगरेकै राम्रो हुन्छ’, शिक्षक थापाले भन्नुभयो ।

एकैपटक फरक फरक ठाउँमा चितुवा देखिने गरेकाले उक्त क्षेत्रमा चितुवाको संख्या धेरै रहेको अनुमान गरिएको छ । सडकखण्डमै देखिएको अवस्थामा मोटरसाइकललाई पछ्याउने गरेकाले मानवीय दुर्घटनाको जोखिमले यात्रु त्रसित हुनु परेको छ।

चारपांग्रे सवारीसाधनमा यात्रा गर्ने म्याग्दी जिप तथाबस ब्यवसायी संघका अध्यक्ष श्रेष्ठले चारपांग्रे सवारीसाधनमा सवार भएको अवस्थामा जोखिम नभएपनि मोटरसाइकल, स्कुटरमा यात्रा गर्दा भने जोखिम रहेको बताउनुभयो । ‘हो–हल्ला गरेपछि चितुवा भाग्ने गरेको छ, सवारीसाधनको ध्वनि नजिकै भेटिएमा झम्टिने प्रयास गर्छ’, श्रेष्ठले भन्नुभयो ।

सडकखण्डको म्याग्दी र बागलुङतर्फ हरेक दिन यात्रा गर्ने सर्वसाधारणले चितुवा देख्ने गरेको र सडकखण्ड पार गर्दा एउटा चितुवालाई बसले समेत ठक्कर दिएर मरेको थियो ।

कालोपत्रे सडकखण्डमा सवारीसाधनको गति तिब्र हुदाँ चितुवाको त्राले दुर्घटनाको जोखिम समेत बढिरहेको यात्रुको भनाई छ ।यसैबीच सदरमुकाम बेनीबजारसँगै जोडिएको वराहपाखो सामुदायिक वनमा संरक्षित वन्यजन्तु चरी बाघ र चितुवा सडक आसपासमै भेटिन्छ ।

बराहपाखो सामुदायिक बनको हुलाकचोकदेखि अर्थु¬ङेसम्मको पदैलमार्गमा घाँस ब्यवस्थापन नहुदाँ यात्रुलाई बन्यजन्तुको त्रास र हिडडुल गर्न समेत समस्या भइरहेको छ ।

चितुवा र चरी बाघको संख्या गणना गर्ने उपकरण नभए पनि बजार र बस्ती आसपासका क्षेत्रमा बाक्लै देखिने गरेकाले संख्या बढेको अनुमान गरिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ। ‘वन्यजन्तुको बाटोमा सडक बनेको छ,‘ खानेपानी, बासस्थान खल्बलिएको छ’, बन अधिकृत चन्द्रमणि सापकोटाले भन्नुभयो ।

एकै ठाउँमा धेरैपटक चितुवा देखिनुलाई आसपासका क्षेत्रमा रहेको बासस्थानमा जाने क्रममा जम्काभेट भएको मान्न सकिएपनि आक्रमणको त्रास र आहारको खोजी बाहेक बन्यजन्तुले समेत मानिसमाथि आक्रमणको सम्भावना अधिक नहुने जानकारहरुको भनाई छ ।

म्याग्दीमा सबै प्रकारको वन्यजन्तुको संख्या बढेको र खानाको अभाव, बासस्थानमा जाने क्रममा भएको अवरोधले समेत सडक आसपास र बस्तीमा प्रवेश गर्न सक्ने भएकाले सतर्कता भने अपनाउनुपर्ने अधिकृत सापकोटाको भनाई छ । म्याग्दीमा कालिज फार्म, सर्वसाधारणको पशु गोठ, कुखुराको फर्म लगायतमा चितुवा भेटिनुलाई आहाराको कमी प्रमुख कारण हुनसक्छ ।

चितुवाले एकपटक आक्रमण गरेपछि हिंस्रक हुनसक्ने भन्दै मानिसलाई आक्रमण गरेपछि दोहो¥याएर आक्रमणको सम्भावना धेरै हुने वन कार्यालयका प्राविधिकको भनाइ छ। चितुवा नजिकै देखिएपनि आफूलाई खतरा महसुस नभएसम्म आक्रमण नगर्ने भएकाले गन्तव्यतर्फ हिँडेपछि मात्रै यात्रु आफ्नो बाटो लाग्नुपर्ने प्राविधिकको भनाइ छ।म्याग्दीको बेनी नगरपालिकासहित ६ वटै स्थानीय तहमा वन्यजन्तुले पशुचौपाया खाएको गुनासो विगतमा भन्दा धेरै आउने गरेको डिभिजन वन कार्यालयले जनाएको छ।

Leave a Reply