म्याग्दीको पौराणिक तथा पर्यटकीयस्थल बेनी नगरपालिका-५,मा अबस्थित पुलत्स्य पुलह क्षेत्र विकास कोषले अनन्तश्री विभूषित जगदगुरु त्रिदण्डी स्वामीज्यु महाराजलाई संरक्षक बनाउने निर्णय गरेको छ ।

कोषको आइतबार बसेको बैठकले सदरमुकाम बेनीको शीरमा अवस्थित पुलत्स्य पुलह क्षेत्रको विकासका लागि त्रिदण्डी स्वामीज्युलाई संरक्षकत्वको प्रदान गदैं ग्रहणका लागि अनुरोध गर्ने निर्णय भएको कोषका सचिब माधबप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

कोषको बैठकमा धार्मिकसँगै पर्यटन प्रर्बधनका लागि समेत सुन्दर गन्तब्य भएकाले स्वदेशी तथा विदेशी पर्यटकलाई समेत आर्कषित गर्ने गरी त्रिदण्डी स्वामीज्युसँग गुरूयोजनामा छलफल सहितका कार्यहरूलाई निरन्तरता दिन समेत संरक्षकको भूमिकामा रहदाँ सहज हुने कोषका अध्यक्ष लीलाबहादुर बानियाँले बताउनुभयो ।

‘हामीले संरक्षकका लागि प्रस्ताव गरेका छौ, स्वामीज्यूले ग्रहण गर्नुभयो भने थप अगाडी बढ्छौ’अध्यक्ष बानियाँले भन्नुभयो ।पुलत्स्य पुलह आश्रम क्षेत्रमा बेनी नगरपालिकामार्फत निर्माणधिन अवस्थामा रहेको ४ रोपनीमा रावणको मुर्ती सहितको उद्यान सहितको संरचनालाई पूर्णता दिने, हाल प्राप्त योजनाहरूलाई समयमै सम्पन्न गर्न समेत सम्बन्धि निकायसँग सहकार्यलाई प्रभावकारी बनाउने अध्यक्ष बानियाँको भनाई छ ।

बैठकमा जगदगुरु त्रिदण्डी स्वामीज्यु महाराजमार्फत संरक्षकत्व ग्रह्ण गरेपछि पुलत्स्य पुलह क्षेत्रका बासिन्दा सहितको भेलामार्फत थप दिर्घकालिन योजना समेत बनाउने विषयमा समेत छलफल भएको थियो ।

सदरमुकाम बेनीबाट ९ किलोमिटरको दुरीमा रहेको पुलत्स्य पुलह क्षेत्रलाई अनन्तश्री विभूषित जगदगुरु त्रिदण्डी स्वामीज्यु महाराजले ऋषिहरूको तपोभूमिका रूपमा स्वच्छ र पवित्रस्थल रहेको बताउँदै आउनुभएको छ।

उक्त क्षेत्रमा पुलस्ते ऋषिले तपस्या गरेको र पुलस्तेका नाती रावण भएको विभष्भा ऋषिका छोरा रहेको धार्मिक दस्तावेजमा उल्लेख छ । पुलस्ते ऋषि सपरिवार ध्यान गर्न बेनी आईपुगेको किवंदन्ती छ ।

मन्दिर आसपासका क्षेत्रमा हवन कुण्ड, नाभी गाडेको ठाउँ समेत रहेको छ । मन्दिर क्षेत्रबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ सहितका हिमश्रृंखला सहित प्राकृतिक दृष्याबलोकन गर्न सकिन्छ । यस क्षेत्रमा भारत, भुटान र श्रींलकाबाट समेत घुम्न आउने गरेकाले बेनी, अर्थुङे, गुफा,पुलाचौर, तिनमाने, नेप्टेचौर, तोरीपानी हुदै उक्त क्षेत्रसम्म जाने सडक सञ्जाललाई कालोपत्र सहितको भौतिक संरचनाका लागि गुरुयोजना समेत तयार गरिएको छ ।

 

Leave a Reply