म्याग्दीको बेनी नगरपालिका-२,हाडेभिरमा बिरामी भएर मरेको भैसी काट्दै गरेको अवस्थामा रंगेहात फेला परेका एक ब्यापारीलाई बेनी नगरपालिकाले ५ हजार जरिवाना तिराएको छ ।

भैसी बिरामी भएपछि बिक्री गरेको र बधस्थल नजिकै मरेपछि काटेर उपभोक्तालाई बिक्री गर्न गर्न लागेको सूचनाको आधारमा बेनी नगरपालिका, जिल्ला प्रहरी कार्यालय,पशु विज्ञ केन्द्र सहितको टोलीले सुरेश दर्जीलाई रंगेहात फेला पारी कारवाहीको प्रक्रिया अगाडी बढाइएको थियो ।

कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय र बेनी नगरपालिका बिच जरिवाना लगायतका कानुनी प्रक्रियाका बिषयमा फरक फरक ब्याख्याका कारण जरिवान गर्न सकिएको थिएन् । आइतबार बेनी नगरपालिकाले ५ हजार जरिवाना गरेको हो । उक्त स्थानमा विगतमा पनि मासु ब्यवसायीको मनपरी नियन्त्रण गर्न सरोकारवाला निकाय चुकेका छन् ।

ग्रामिण क्षेत्रमा रहेका कृषकको गोठबाट सिकिस्त बिरामी अवस्थामै ल्याइएको भैसी बधस्थल बाहिरै काट्दै गरेको अवस्थामा सर्वसाधारणले दिएको सूचनाको आधारमा .रंगेहात समातिपछि ब्यापारी दर्जीले मर्न लागेको भैसी बेचेर फसाएको भन्दै घाटा हुने भएपछि मरेको अवस्थामा पनि काटेको बयान दिएका थिए । मरेको भैसी नजिकै खाल्टो खनेर बिर्सजन गरिएको थियो । मासु ब्यवसायी दर्जीलाई खाद्य ऐन अनुसार कारवाहीका लागि सिफारिस गरिएको थियो ।

नगरपालिकाकै सक्रियतामा बनाइएको बधस्थलबाट बेनीबजार तथा आसपासका क्षेत्रमा राँगा र भैसी मासुको खपत धेरै हुन्छ। बेनीबजार भित्रका मासु पसलले राँगा र भैसीको एउटै मुल्यमा बिक्री गर्दा उपभोक्ता ठगिएका छन् । पछिल्लो समय दुग्धपालक कृषकको संख्या बढेसँगै थारा भैसी सस्तो मुल्यमा कटाउने गरेपनि ब्यवसायीले राँगाकै सहर भैसीको मासुको मुल्य लिने गरेका छन् । १ राँगोको मुल्य बराबर २ वटासम्म भैसी पाइछ।

पशु बधशाला र मासु जाँच ऐन ०५५ तथा नियमावली ०५६ मा पशु काट्नुअघि र काटेपछि मासु जाँच्नुपर्छ प्रावधान भएपनि म्याग्दीमा जनशक्तीको अभाव भन्दै मासु ब्यवसायीले राँगा र भैसी बिना परीक्षण काट्ने गरेका छन् । बेनीको बधस्थलको अवस्था सधै लथालिंग छ । सदरमुकाम बेनीबजारमा मासुको खपत अत्याधिक हुन्छ । बधशालामा भने भैसी र राँगाको परीक्षण नगरी खुलेआम बिक्री गर्ने गरिएको छ ।

 

 

Leave a Reply