म्याग्दीको सदरमुकाम बेनीबजारको प्रवेशद्धार कालिपुल बसपार्क ब्यवस्थापन समितिको प्रथम साधारणसभा तथा अधिवेशनबाट वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यको अध्यक्षतामा ११ सदस्यीय कालिपुल बसपार्क ब्यवस्थापन समिति गठन भएको छ । समितिको उपाध्यक्ष राजकुमार थापा, सचिव यज्ञराज थापा, कोषाध्यक्ष सरस्वती विकलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरूमा विजय श्रेष्ठ, राजु छन्त्याल, बलराम सुबेदी, मनबहादुर चर्माकार, समिक्षा चिमिल्सेना, जमुना पूर्जा र नारायण गर्बुजा रहेका छन् । बि.स २०८० असार मा शहरी विकास कार्यालय बागलुङबाट बस टर्मिनल भवन हस्तान्तरण गरेपछि नगरपालिकाले जिम्मेबारी लिएको बसपार्कमा नगरपालिकाले गठन गरेको उपभोक्ता समितिको समेत हिसावले हालसम्म १४ लाख १ सउय ५८ रुपैयाँ रहेकोमा १२ लाख ७७ हजार ८ रुपैयाँ देखिन्छ ।

बसपार्क सहयोग संकलन समितिबाट कार्यविधिन अनुसार बार्षिक आउने २० प्रतिशत १ लाख ३१ हजार मध्ये मनसुनजन्य ब्यवस्थापनका लागि ६३ हजार १ सय खर्च भएको छ । त्यसैगरी २०८० श्रावणदेखि २०८१ असार मसान्तसम्म आम्दानी १५ लाख ७९ हजा ६३५ खर्च ९ लाख १७ हजार ६२६ रुपैयाँ रहेको छ । बचत भएको रकमलाई नगरपालिकालाई कर, बालमन्दिर माविलाई २ लाख ६४ हजारमा सहयोग गरिएको छ ।

बसपार्क क्षेत्रलाई ब्यवस्थित र जिल्ला बाहिरबाट आउने यात्रुलाई समेत सहज हुने गरी थप पूर्वाधार सहित यातायातका साधनलाई ब्यवस्थित बनाउने, पार्किङ, सरसफाई सहितका कार्यहरुमा चासो देखाउने गरी नयाँ कार्यसमितिले काम गर्ने अध्यक्ष कर्माचार्यको भनाई छ ।

त्यसैगरी टर्मिनल भवनमा म्यूजियम सहित सुन्दर र सफा बसपार्क बनाउन विभिन्न निकायसँग सहकार्य गर्ने अध्यक्ष कर्मार्चाले बताउनुभयो । बसपार्कलाई स्मार्ट बसपार्क बनाउन २१ करोडको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार नै आगामी दिनमा संरचनाहरु निर्माण गरिने छ । बसपार्क करिव २७ रोपनी क्षेत्रफलमा बसपार्क फैलिएको छ ।

 

Leave a Reply