म्याग्दी जिल्ला भलिबल संघ अन्तर्गत धवलागिरी गाउँपालिका भलिबल संघको प्रथम भेलाले अनिष भण्डारीको अध्यक्षतामा ११ सदस्य कार्यसमिती गठन गरिएको छ ।

मंगलबार गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको प्रमुख आथित्यतामा भएको भेलाबाट उपाध्यक्षमा प्रकाश गुरुङ,सचिब रोमी भण्डारी, सहसचिब अमृत थापा,कोषाध्यक्ष महेन्द्र सेरपुन्जा रहनुभएको छ।समितिको सदस्यमा बिरु भण्डारी, निमकुमारी केसी, प्रतिक्षा भण्डारी, प्रदिप घर्ती, योगेन्द्र घर्ती, असोक छन्त्यातलाई चयन गरिएको छ।

भेलामा गाउँपालिका अध्यक्ष पुन, उपाध्यक्ष रेसम पुनमगर, जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ,प्रदेस रेफ्री तारामन रोकाले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

म्याग्दीमा पालिकास्तरमा समेत विस्तार भएको संघले विद्यालयस्तरबाटै भलिबल प्रतियोगिता सहित विभिन्न तालिमहरु सञ्चालन गर्ने गरेको छ । भेलाको जिल्ला सदस्य चित्र घर्तीले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply