विजय दशमी तथा शुभ दिपावली, छठ पर्वको अवसरमा म्याग्दी बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययनरत ५७ विद्यार्थीलाई गरिएको छ । बुधबार क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा स्नातक तह दोस्रो, तेस्रो र चौथो तहमा उत्कृष्ट नजिता ल्याउने सहित जेहेन्दार विद्यार्थीलाई न्यूनतम ५ हजार देखि १५ हजारसम्म वितरण गरिएको हो । विद्यार्थीलाई कुल ४ लाख ९१ हजार ८ सय रुपैयाँ वितरण गरिएको हो ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुंगानाले शैक्षिक गतिविधिमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन तथा लक्षित विद्यार्थीलाई वितरण गरिने छात्रवृत्तिको प्रमुख उदेश्य नै गुणस्तरीय शिक्षाका लागि उपयुक्त वातावरण बनाइएको बताउनुभयो ।

सोही अवसरमा सञ्चालक समितिका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ दिपु, प्राध्यापक संघका अध्यक्ष प्रेम जिसी, पूर्व विद्यार्थी संघका अध्यक्ष अर्जुन पौडेल, विद्यार्थी निरुता बुढाथोकीले मन्तब्य राख्नुभएको थियो ।

सोही अवसरमा पूर्व विद्यार्थीले समेत विद्यार्थी कोष बनाउने घोषणा गरेको अवस्थामा क्याम्पस तहबाट समेत सहयोग र पूर्व विद्यार्थीमार्फत समेत सहयोगको अपिल गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता गदैं क्याम्पस प्रमुख श्रीधर सुबेदीले शैक्षिक प्रोत्साहनका लागि विद्यार्थीको जीवन उपयोगी शिक्षा सहित सुविधाहरु समेत वितरण गरिने र गुणस्तरीय शिक्षालाई केन्द्रित गरी शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउने बताउनुभयो । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख पशुपतिनाथ ढकालले गर्नुभएको थियो ।  

Leave a Reply