म्याग्दीको धवलागिरी गाउँपालिका-४,मुदीको विकट नेरबाङमा पशुपंक्षीको स्वास्थ्योपचार तथा बाँझोपन रोग निवारण लागि शिविरमा ५२ घरधुरी लाभान्वित भएका छन् । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको आयोजना, धवलागिरी पशु शाखाको समन्वयमा आयोजित शिविरमा १५ सय ८३ पशुपंक्षीको उपचार गरिएको हो ।
शिविरमा भैसी १२८, गाई ४४४ सहित कुखरा, घोडाखच्चड, भेडाबाख्रा लगायतका पशुको निःशुल्क उपचार गरिएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका योजना शाखा प्रमुख सुभाष रेग्मीले जानकारी दिनुभयो ।
शिविरमा प्रजनन समस्यासम्बन्धि, आन्तरिक तथा बाह्य परजीवि नियन्त्रण सम्वन्धि, जिवाणु नियन्त्रण तथा खुराकजन्य समस्या देखिएको र उपचारको विधिका बारेमा कृषकलाई शिविरमै जानकारी गराइएको थियो । शिविरमा केन्द्रका प्रमुख भरत रेग्मी, प्राविधिक नानुका कट्टेल सहितको टोलीले उपचार गरेको थियो ।
शिविरमा उपचारका ल्याउन नसकिएका समस्याग्रस्त पशुवस्तुको भने पशुपालक किसानको घरमै पुगेरसमेत गरिएको थियो । मुदीको अति विकटमा पर्ने उक्त गाउँका पशुपंक्षीमा समस्या देखिएपनि गाउँपालिकाको केन्द्रमा आउन नसक्नेहरुलाई शिविरले राहत मिलेको छ ।