गायक रबी कार्कीको सालैजो ‘काली सलल’ बजारमा

हाँस्यव्यङ्ग्य एवं लोकदोहोरी कलाकारको रुपमा परिचय बनाएका म्याग्दीका लोकप्रीय कलाकार रवि कार्कीको सालैजो ‘काली सलल’ बोलको गीत बजारमा आएको छ ।

मायाँ प्रेममा आधारित गीत बुधबार युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । पञ्चेबाजा, लोकदोहोरी, झउरे,भजन, लोकगीतपछि सलौजा भाकामा देखिनुभएका गायक कार्कीलाई म्याग्देली चेली निरुता पुन मगरले साथ दिनुभएको छ ।

शब्द प्रविण खत्रीको रहेको गीतको म्यूजिक भिडियोमा चाहाना राना मगर, गोविन्द विबस को अभियन, निर्देशन दिप गुरुङको रहेको छ ।पछिल्लो समय जडिया क्यारेक्टर सर्वाधिक रुचाइएपनि गायक कार्कीले हरेक विधाका गीतमा आफ्नो नौलो प्रस्तुतीमार्फत दर्शकको मन जित्न सफल हुनेभएको छ ।

लाइभदोहोरीमा स्थापित कलाकारलाई नै छायाँमा पार्न सफल गायक कार्कीको सालैजो गीत सार्वजनिक भएको एकैदिनमा रुचाइएको छ।गीत लेख्ने, मीठो आवाजमा गाउने मात्रै नभएर कमेडी सँगै क्यारेक्टरमा रहेर अब्बल दोहोरी गाउन सक्ने कार्की भर्सटाइल कलाकारको छवी स्थापित छ । म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरका कार्कीका प्रस्तुतीहरूमा दर्शक झुम्ने गरेका छन् ।

Previous articleमलेसियामा हराएका म्याग्देली खोज्दै मोना
Next articleस्वर्गीय पिताको स्मृतिमा विद्यालयमा अक्षय कोष स्थापना