अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

कस्मेटिक व्यापार सञ्जाल संसारभरि विस्तार गदैं कार्की

On: October 4, 2024 12:01 AM
Follow Us:

म्याग्दीको रघुगंगा गाउँपालिका-२,राखु भगवतीका प्रकाश कार्कीको ट्रेन्स फर ब्युटी एण्ड प्रशनल केयर रिकोसटीङ म्यानुफ्याकचरद्धारा उत्पादित कस्मेटिक सामानको बजार फराकिलो बन्दै गएको छ ।

केही महिना अगाडी अमेरिकाको लस भेगास सहर सहित विभिन्न सिटीमा आयोजित सुन्दरता प्रदर्शनी मेलामा उत्साहजनक ब्यापार गरेको कम्पनीले हाल टर्कीको राजधानी इस्तानबुलमा जारी तिनदिने मेलामा समेत प्रयोगकर्ताको रोजाईमा परेको छ।

उक्त प्रर्दशनीमा कम्पनीद्धारा उत्पादित सामग्रीका बारेमा उपभोक्ता, स्थानीय ब्यापारीलाई जानकारी दिने र प्रयोगकर्ताको अनुभव र प्रक्रिया लिइएको कम्पनीका कार्यकारी प्रमुख कार्कीले बताउनुभयो ।

‘यहाँको बजारमा हाम्रो उत्पादन रुचाइएको छ, विश्वबजारमा माग बढ्दै गएको छ’ प्रमुख कार्कीले भन्नुभयो । सस्तो, स्तरिय तथा बहुउपयोगी ब्राण्डका रुपमा चिनिने उजोबा, निसा र ब्युटी क्लिनिक गरी तीनवटा ब्रान्डका सौन्दर्यसम्बन्धि सामग्री अहिलेसम्म नियमित ५० राष्ट्रमा बिक्री भइरहेको छ ।

कम्पनीबाट उत्पादित ६ सय बढी उत्पादनलाई विश्वबजारमा फैलाउन थप विभिन्न देशमा समेत प्रर्दशनी सहित बिक्रेताहरुसँग जोडिएको कम्पनीका प्रमुख कार्कीको भनाई छ । भारत, पाकिस्तान सहित साक राष्ट्र, यूरोप, अमेरिका, यूके, मध्यपूर्वका देशहरूमा अहिले माग उच्च छ ।

कम्यनीको मुख्य कार्यालय यूएईको अजमानमा क्षेत्रमा छ भने न्यू ट्रेन्स इन्टरनेशनल उद्योग पाकिस्तान, अल हिरा जेनरल ट्रेडिङ र फ्युचर ट्रेन्स कस्मेट्रीक म्यानुफ्याकचर कम्पनी रहेको छ। पाकिस्तान, यूएई र इराकमा रहेको कम्पनीबाट उत्पादन हुन्छ ।

नेपालमा समेत कम्पनीका हेयर स्ट्रट, फेसियल सेट, हेयर कलरिङ, फेस वास, फेस केयर सेट, बीबी क्रिम, सीसी क्रिम तथा सन स्क्रिन लगायत उपलब्ध छन् ।कम्पनीले घरायसी दैनिक जीवनमा उपयोग हुने सरसफाई र सौन्दर्य सामग्रीको उत्पादन् गर्दै आएको छ । करिब ३ सय नेपाली र विदेशीलाई रोजगारी पाएका छन् ।

सकारात्मक सोच, इच्छाशक्ति र सफलताको सपनालाई साकार बनाउँदै २२ वर्ष अगाडि काम गरेको कम्पनीलाई नै प्रतिस्पर्धी बनाएर मालिक बन्न सफल भएका कार्की दुई दशक अगाडी सामान्य मजदुरका रुपमा यूएई प्रवेश गर्नुभएको थियो ।