म्याग्दीको मंगला गाउँपालिकामा वडास्तरीय पञ्चेबाजा प्रतियोगितामा वडा नं १ कुहुँ प्रथम भएको छ । प्रवासमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना),अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारण सभाको अवसरमा शुक्रबार आयोजित प्रतियोगितामा मंगला गाउँपालिकाका ५ वडाबाट ५ समुहको सहभागिता भएका थिए ।

प्रतियोगितामा वडा कार्यालयले छनौट गरी पठाएको पञ्चेबाजा समुह बिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा प्रथम वडा नं १ कुहुँ, द्धितिय वडा नं २ बावियाचौर, तृतिय वडा नं ४ बरंजा र वडा नं ३ र वडा नं ५ ले सान्त्वना स्थान हात पारेका थिए।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः ३५ हजार, २५ हजार र २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने अन्य दुई टिमले सहभागी प्रति समुह १० हजार र प्रमाणपत्र प्राप्त गरेको पञ्चेबाजा प्रतियोगिता संयोजक एवम् मोना साधारणसभा स्थानीय उपसमिति संयोजक याम थापाले बताउनुभयो ।

म्याग्दीमा पहिलोपटक पालिकास्तरमा पञ्चेबाजाको आयोजना भएको र यसलाई आगामी दिनमा समेत निरन्तरता दिन सघाउने मोना साधारणसभाका मुल संयोजक मिम पूर्जाको भनाई छ ।

कुनै शुभ कार्य हुँदैछ भन्ने संकेत गर्ने पञ्चेबाजा बिस्तारै लोप हुँदै गएको, साउन्ड सिस्टमबाट गीत घन्काउने र यूवा पुस्तामा समेत आर्कषण घट्दो अवस्थामा प्रतियोगिताले सघाउने अपेक्षा गरिएको छ ।

Leave a Reply