म्याग्दी कारागारभित्र रहेका कैदीबन्दीहरुले बिजया दशमी तथा दिपावलीको अवसरमा बेनी आवासीय माविले खेलकुद सामाग्री सहयोग गरेको छ । आन्तरिक खेलकुद प्रतियोगीताका लागि विद्यालयले खेलकुद सप्ताहको अवसरमा विद्यालयका प्रबन्ध निर्देशक सनम बानियाँ, शैक्षिक कोअर्डिनेटर कृष्ण श्रेष्ठ र लेखापाल विशाल खत्रीले बल, नेट लगायतका खेलकुद सामाग्री हस्तान्तरण गर्नुभएको छ ।

विभिन्न मुद्दामा जेल जीवन बिताइरहेकालाई खेलको माध्यमबाट उनीहरूको मानसिक पीडा कम गराउने उद्देश्यले सामग्री प्रदान गरिएको र आगामी दिनमा समेत निरन्तरता दिने प्रबन्ध निर्देशक बानियाँले बताउनुभयो । विद्यालयले चाडपर्र्व विदा अगाडी खेलकुद गतिविधिसँगै सामाजिक कार्यलाई समेत निरन्तरता दिने जनाएको छ।

Leave a Reply