विश्वमै पर्वतारोहणको क्षेत्रमा दुर्लभ कीर्तिमानी कायम गर्नुभएका आरोही निर्मल पुर्जा ‘निम्स’ले ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा सिलिण्डरमा बोकेर लैजाने अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएको छ ।

शुक्रबार नेपाली समय दिउँसो १ः५५ बजे तिब्वतमा रहेको शिशापाङ्माको आरोहण गरी साढे दुई वर्षमा बोतलमा रहेको अक्सिजनविना सबैभन्दा छिटो १४ वटा चुचुरो पार गर्ने विश्वकै पहिलो आरोही बन्नुभएको हो ।

हरेक आरोहणको क्रममा आरोहीले अतिरिक्त अक्सिजनका लागि सिलिन्डर नै बोकेर जाने गरेकोमा आरोही पूर्जाले पूरक अक्सिजन बिनै आरोहण गरी विश्वभर आरोहणको क्षेत्रमा नयाँ कीर्तिमानी सहितको सन्देश दिन सफल हुनुभएको छ ।

पूर्जाले सहकर्मी मिङ्मा शेर्पासँगै प्रतिकुल मौसमका बाबजुत सफलतापूर्वक आरोहण सम्पन्न गरेको पूर्जाले इन्स्ट्यान्ट मेसेजिङ एप व्हाट्सएपमार्फत बेनीअनलाइनलाई जानकारी दिनुभएको छ ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पूर्जाले आफ्नै जिल्लामा भएका सातौं अग्लो धौलागिरी हिमाल र १० औं अग्लो अन्नपूर्ण हिमालको आरोहरणमार्फत यो अभियानका बारेमा जानकारी गराउनुभएको थियो ।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा समेत हरेक परिस्थितीमा साथ दिएकोमा साथी मिङ्मालाई समेत बधाई दिनुभएको छ भने आरोहणका लागि नौलो सन्देश समेत भन्नुभएको छ ।  पूर्जाले सन् २०२२ मे महिनाको ७ तारिकमा अक्सिजनको प्रयोग नगरी आरोही निम्सले कञ्चनजंगाबाट यो अभियानको सुरुवात गर्नुभएको थियो ।

सोही बर्षको मे महिना २७ मा सगरमाथा, मे २८ ल्होत्से हुदै मकालु,च्होयो, धौलागिरी, अन्नपूर्ण मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो हुदै अन्तिममा शिशापङ् पुगेर लक्ष्य पूरा गर्नुभएको छ । १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा छन् ।

प्रतिकुल मौसम र यौनहिंसा, पर्वतारोहणका क्षेत्रमा भइरहेका रेकर्डलाई बदनाम बनाउन विभिन्न मिडिया ट्रायलको सामना गर्नुपरेपछि केही समय यो अभियान प्रभावित भएको थियो ।

 

Leave a Reply