तत्कालीन समयका राजाहरूले आफ्ना विरोधीसँग लडाइँ गर्नको लागि अग्लो भू–भाग तथा डाँडामा पुगेर बनाएका दरबार, कुटी र भवनका भग्नावशेषहरू अझै पनि भेटिन्छन् ।
नेपालमा रहेका बाइसे–चौबीसे राज्यअन्तर्गत पर्वत राज्य चौबीसे राज्यमा पर्दथ्यो भने पर्वत राज्यलाई निकै शक्तिशाली मानिन्थ्यो ।
नेपालको पूर्वतर्फ चौबीसे र पश्चिम क्षेत्रतर्फ बाइसे राज्यहरू क्रियाशील थिए । चौबीसे राज्यअन्तर्गत पर्ने ऐतिहासिक पर्वत राज्यको छुट्टै शान थियो । विशाल नेपालको एकीकरणका मुख्य अभियानकर्ता ९राष्ट्रनिर्माता० पृथ्वीनारायण शाहले एउटै विशाल नेपाल बनाउन थालेको अभियानको क्रममा पर्वत राज्यसँगको लडाइँमा हार बेहोरेपछि बहादुर शाहको पालामा बल्ल पर्वत राज्यमा जित हासिल भएको किम्बदन्ती पाइन्छ ।
नेपालमा रहेका चौबीसे राज्यहरूमध्ये पर्वत राज्य वि।सं। १४९३ मा स्थापना भएको थियो भने वि।सं। १८४२ मा पर्वत राज्य नेपालमा विलय भएको थियो । सो समयमा पर्वत राज्यमा चन्द्रवंशी, आत्रेय गोत्र, मल्ल थर र मलैबम्म खानदानका राजाहरूले शासन सत्ता चलाएका थिए । पर्वत राज्यको सिमाना पूर्वमा मोदी नदी, पश्चिममा घाडापानी र गलकोट, उत्तरमा घाँसले र मुस्ताङ तथा दक्षिणमा सादी र सतहुँ राज्यसम्म फैलिएको थियो । तत्कालीन समयमा पर्वत राज्य रहेको हालको म्याग्दी जिल्लाको विभिन्न ठाउँमा अहिले पनि तत्कालीन समयका दरबार, कुटी र भवनका कोठा निर्माणको जग हालेर बनाएका भवनको इट्टा र ढुङ्गा भग्नावशेषको रुपमा भेट्न सकिन्छ ।
म्याग्दीमा ढोलठान राजदरबारसँगै डढेकोत, ज्यामरुककोत, ताकमकोतलगायत कोतमन्दिरहरु रहेका छन् । ऐतिहासिक तथा पुरातात्त्विक महत्वको विरासत बोकेका दरबार, कुटी र कोत मन्दिरहरु जीर्ण बन्दै जान थालेपछि पछिल्लो पटक मर्मत सम्भार थालिएको छ । म्याग्दीको बेनी नगरपालिका–९, घतानस्थित ढोलठानमा रहेको ढोलठान राजदरबारको अहिले मर्मत सम्भार र पुनर्निर्माण सुरु भएको छ । तत्कालीन समयको ऐतिहासिक पर्वत राज्यको राजधानी समेत रहेको ढोलठानमा अवस्थित राजदरबारको जीर्णोद्धार गरी पुरानै स्वरूपमा निर्माण गर्न लागिएको हो ।
गएको आर्थिक वर्ष २०८०÷०८१ मा ढोलठान दरबारको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित वडा कार्यालय, बेनी नगरपालिका, पर्यटन तथा उद्योग कार्यालय म्याग्दी र भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत आवश्यक भौतिक संरचनाहरू बनाइएको छ । पर्यटकहरूलाई लक्षित गरेर यहाँ मुख्य प्रवेशद्वार, ढुङ्गे कलात्मक प्रवेशद्वार, पदमार्ग र ढुङ्गा बिच्क्याइएको छ भने ढुङ्गाकै संरक्षणवाल ९टेवा–पर्खाल०, क्यामफायर र आराम बेन्चलगायत संरचनाहरू निर्माण गरिएको बेनी नगरपालिका–९, घतानका वडा अध्यक्ष चक्रबहादुर केसीले बताउनुभयो ।
दरबारमा संरचना निर्माणसँगै वडा कार्यालय, गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको लगानीमा गलेश्वर–काउलेगौंडा–नेप्टेचौर–पुलहाश्रम–घतानकोत हुँदै ढोलठान दरबार पुग्नको लागि पदमार्ग निर्माण सुरु गरिएकोमा हालसम्म करिब ५ सय मिटर पदमार्ग निर्माण गरिसकिएको वडाध्यक्ष केसीले बताउनुभयो । यसका साथै दरबार क्षेत्रमा खाने पानीका लागि आवश्यक बजेट व्यवस्थापन भएको छ भने यसअघि वडा र नगरपालिकाबाट प्रतिक्षालय, शौचालय निर्माण गर्नुका साथै पदमार्ग निर्माणको सुरुवात गरिएको थियो ।
बाइसे–चौबीसे राज्यको ढोलठान राजदरबारको इतिहास झल्काउने गरी डिपिआर बनाइएको हुँदा सोहीअनुसार म्युजियम तथा पुरानो इतिहास झल्कने खालको आवश्यक संरचनाहरू थप गरिने भएकाले पुनर्निर्माण गरिएको दरबारले पर्यटन प्रवर्द्धनमा पनि सहयोग पु¥याउने अपेक्षा गरिएको छ । दरबार प्रवेश गर्नका लागि ढुङ्गाको प्रयोग गरेर मौलिक सिपबाट आकर्षक किसिमको प्रवेशद्वार बनाइएको उपभोक्ता समितिका सचिव यामबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
ढुङ्गा र माटोको प्रयोग गरेर दुई सय मिटर सिँढी चिनेको पदमार्गका साथै उद्यान र बसेर दृश्यावलोकन गर्न ढुङ्गाको सिँढीसहितको विश्राम स्थल बनाइएको छ । पुरानो दरबार रहेको ठाउँमा परम्परागत एवं मौलिक सिप, कला र स्रोतसाधनको प्रयोग गरेर भौतिक पूर्वाधारका संरचना निर्माण गरिएको हुँदा अहिले आन्तरिक पर्यटकहरूको समेत चहलपहल बढ्दै जान थालेको छ । ढोलठान दरबार परिसरमा हालै मात्र नेपालको राष्ट्रिय झन्डा फहराइएको छ । पुनर्निर्माण ढोलठान दरबार क्षेत्रको भ्रमण गर्न पाउँदा आफूले निकै आनन्दको अनुभूति गर्न पाएको आन्तरिक पर्यटक सुप्रिया केसीले अनुभव सुनाउनभयो ।