बेनी नगरपालिका–८,क्याम्पसचोकमा आइतबारदेखि स्केट हाउस अर्थात् स्केटिङ्ग खेल सञ्चालनमा आएको छ । बेनी स्केट हाउसद्धारा पूरानो रुची चलचित्र मन्दिरको हलमा करिब १० लाखको लगानीमा फराकिलो संरचनामा सहासिक खेल अन्तरगत पर्ने स्केट शुभारम्भ गरेको हो ।

बेनीका गोकुल श्रेष्ठ, हिमाल श्रेष्ठ, जेनेश श्रेष्ठ र हेमन्त श्रेष्ठद्धारा सञ्चालन गरिएको स्केट हाउसले ओपनिङको पहिलो दिन आइतबार टिकटको मूल्य एक घण्टाका लागि रु एक सय कायम गरेको छ । एकैपटक धेरै जना खेल्न मिल्ने भएकाले पहिलो दिनमै भिडभाड देखिएको सञ्चालक गोकुल श्रेष्ठको भनाई छ । आइतबार छुटमा खेल्न मिल्ने र सोमबारदेखि प्रति घण्टा १५० शुल्क लिइने छ ।

पछिल्लो समय विद्यालय उमेर समुहका बालबालिकामा निकै लोकप्रिय मानिएको स्केटमार्फत विद्यार्थीलाई इलेक्टोनिक्स डिभाइसको लत घटाउन समेत सघाउने छ भने साहसिक खेलमा यूवापुस्ताको आर्कषण बढ्ने छ ।

ग्राहकलाई ध्यानमा राख्दै आगामी दिनमा प्याकेजको कार्यक्रम ल्याउने तयारी रहेको अर्का सञ्चालक जेनेश श्रेष्ठको बताउनुभयो । प्रशिक्षकको व्यवस्था गरिएको बालबालिकालाई अभिभावकको समेत निगरानीमा खेल्न मिल्ने सुविधा रहेको छ । स्केटिङ्ग हाउसमा एक पटकमा ४०÷५० जनाले खेल्न सकिन्छ ।

Leave a Reply