---Advertisement---

तार छुँदा करेन्ट लागेर बरंजामा एकको मृत्यु

On: October 6, 2024 10:31 PM
Follow Us:

म्याग्दी मंगला गाउँपालिका-४,आर्कुलीमा आइतबार दिउँसो एक पुरुषको मृत्यु भएको छ। ११ केभीको हाईटेन्सन लाईनको तार सर्ट भई पोलको सपोटिङ तारम बिद्युत प्रबाह भईरहेको अवस्थामा सोही वडाका ६५ बर्षिय राजेन्द्रराज बिकले हिड्ने क्रममा छुन गई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।

घटनास्थलबाट दिउँसो करिब ३ बजे वडा अध्यक्ष लालबहादुर रोकाले घटनाका बारेमा प्रहरी चौकी सिंगातातोपानीलाई जानकारी गराएपछि सुचना अधिकारी सागर पौडेलको कमाण्डमा घटनास्थलमा पुगेर अनुसन्धान गरी शब पोष्टमार्टमका लागि बेनी अस्पतालमा ल्याइएको छ ।

Adv

घटनास्थल आसपासका क्षेत्रमा विद्युत प्रवाहबाट हुनसक्ने जोखिमलाई मध्यनजर गरी स्थानीय जनप्रतिनिधिले समेत सचेत बनाएका छन् । म्याग्दीका ग्रामिण क्षेत्रमा पोलसँगै रुख जोडिएर वा हावाहुरीले भुईंमा लत्रिएको विद्युत तारमा छुन गई करेन्ट लागेर ज्यान जाने गरेको छ ।