कास्कीको लेखनाथमा माछापुच्छ्रे क्रिकेट क्लबको आयोजनामा जारी माछापुच्छ्रे क्रिकेट लिगको सिजन–३, मा म्याग्दीका जस्मीन थापाले उत्कृष्ट प्रर्दशन गरेका छन् । क्रिकेट लिगमा सहभागी तीन वटा क्लबहरुको खोसाखोसमा परेका म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरका थापाले इस्लामिक कंक्रोर्सबाट जारी लिगमा सानदार खेल देखाइरहेका छन् ।

जस्मीन सहभागी टिमले आफ्नो पहिलो दुई वटै खेलमा जित हात पारेको छ । प्रतियोगिताको पहिलो खेलमा जस्मीनले ४ ओभर बलिङ गर्दै २८ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै दोश्रो खेलमा दुई ओभर बलिङ गरेका उनले पाँच रन दिएर एक विकेट लिएका थिए । उनले पहिलो खेलमा नटआउट पाँच रन र दोश्रो खेलमा पनि पाँच रन बनाए । उनी सहभागी खेलमा उनको बलिङ फिगर निकै राम्रो देखिएको क्लबले जनाएको छ ।

क्रिकेटर थापा गण्डकी प्रदेशस्तरीय टि–ट्वान्टी, अन्डर १६, अन्डर १९, क्यानका खेलहरु खेल्ने गरेका छन् भने उनले नवौ राष्ट्रिय खेलकुदमा भने बागलुङ जिल्लाबाट सहभागिता जनाएका थिए । जिल्ला खेलकुद विकास समितिका खेल प्रशिक्षक मलिन रोकाले म्याग्दीका क्रिकेट खेलाडीले समेत गण्डकी प्रदेशस्तरीयमा राम्रो प्रर्दशन गरेको बताए ।

प्रतियोगितामा यसपटक ८ टोलीले सहभागिता जनाउँदै छन् । इस्लामिक कंक्रर्स, एभरेष्ट क्रिकेट क्लव, पोखरा फिनिक्स, कुस्मा वारियर्स, फिस्टेल अपमोस्ट, सिएनडी वारियर्स, आरके भिक्टोरियन्स र लेखनाथ बुमर्सले यो संस्करणमा भाग लिन लागेका हुन् ।

लेखनाथ स्थित इडन हेभेन क्रिकेट मैदानमा जारी हुने यो लिग २ महिनासम्म सञ्चालन हुनेछ ।प्रतियोगिताको विजेता टिमले नगद १ लाख सहित ट्रफी तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट ब्याटर तथा उत्कृष्ट बलरले नगद रु पाँच–पाँच हजार सहित ट्रफी प्राप्त गर्नेछन् ।

 

Leave a Reply