चर्चित यूवा गायक प्रकाश दुतराजले यूरोपको सांगीतिक यात्रापछि फर्किएलगत्तै दसैंको अवसर पारेर नयाँ गीत ’रेशम’ सार्वजनिक गरेका छन्।

गीतसंगीतको माध्यमबाट विश्वभर चिनिएका म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनका दुतराजले सोमबार बेलुका सार्वजनिक गीतमा उनी र गायिका मेलिना राईको युगल स्वर छ ।

यसअगाडी करोड क्लवमा प्रवेश गरेको प्रकाश दुतराजको ’जुन माया’ र ’रिमै’ पछिको गायिक मेलिना राईसँग यो अर्को सहकार्य हो। गीतको शब्द र संगीत प्रकाशकै हो। संगीत संयोजन बि.बि अनुरागीले गरेका छन्। यसको भिडियोमा एक गोठालोको प्रेम कथालाई देखाइएको छ ।

म्यूजिक भिडियोमा अन्त्यमा रेशमको मृत्यु भएको खवरले वियोगान्त र दुःखान्त दृष्य देखाइएको छ, जनु महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनको कथासँग निकै मिल्दोजुल्दो छ। भिडियोमा प्रकाशसँगै बिमला लिम्बुको अभिनय छ। धादिङको उत्तरी भेगमा पर्ने रूबी भ्यालीमा ६ दिन लगाएर यसको भिडिओ खिचिएको हो।

अनिल के. मानन्धरको छायांकन, मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशनमा भिडियो तयार भएको भिडियोमा नवीन घर्ती मगरको सम्पादन छ । दुतराजको रिमैं ‘लाहुर जाने रेलैमा’, आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, पछ्यौरीको तातो, तिरिरि मुरली बज्यो तारेभीर,फूल लाउँथें शिरमा जस्ता सांगितिक श्रृखला निकै रुचाइएको थियो ।

अहिले स्वदेश तथा विदेशको स्टेजमा खोजी भइरहेका गायक दुतराजले हरेक विषयबस्तुमा गीत मनोरञ्जनका लागि भन्दा पनि समाजको विकृती र सामाजिक सद्भावका लागि प्रस्तुती दिने गरेका छन् । करिब ३ दर्जन गीत पस्किएका दुतराजका अधिकांस गीत चर्चित भएका थिए । म्यूजिक भिडियो दुतराजकै युटुव च्यानलबाट सार्वजनिक भएको दुई घण्टामै २८ हजारभन्दा बढीले हेरेका छन् ।

Leave a Reply