दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था बेनीले मुठ्ठीदान कार्यक्रम अन्तरगत मृगौला पीडितलाई सहयोग गरिएको छ । ज्यालामजदुरी गरी परिवारको गुजरा चलाउनेहरुलाई सहयोग गर्ने गरी स्थापित कार्यक्रमबाट मंगला गाउँपालिका–१ पूर्णगाउँकी गोरी पुनलाई ५ हजार ५५५ सहयोग गरिएको हो ।

सहकारीकी कार्यबाहक अध्यक्ष सुगम श्रेष्ठले पीडित पुनलाई सहयोग हस्तान्तरण गदैं स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

उक्त कार्यक्रममा पूर्व अध्यक्ष जमुना आचार्य, पूर्व अध्यक्ष एवम् बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछाने, अध्यक्ष विष्णु गौतम सापकोटा लगायतको उपस्थिती रहेको थियो । सहकारीले मुठ्ठीदानबाट विपन्नलाई खाद्यान्न, लत्ताकपडा सहित पीडितलाई आर्थिक सहयोग गर्ने गरेको प्रबन्धक समिक्षा ढुंगानाले बताउनुभयो।

सहकारीले आर्थिक अवस्था कमजोर भएका महिला र पुरुष सरह महिलालाई आत्मनिर्भर बनाउन सहुलियतमा ऋण, समान ज्यालाको वकालत, घरेलु हिंसामा परेका महिलालाई कानुनी प्रक्रियामा जान आर्थिक सहयोग, एक वा दुई छोरी भई स्थायी परिवार नियोजन गर्ने दम्पत्तीलाई, सुत्केरी कोसेली, हिंसा पिडित महिला कोष, पेन्सन तथा लखपति बचत योजना लगाएतका सुविधा समेत उपलब्ध गराउने गरेको छ ।

Leave a Reply