समाजसेवामा रमाउने लायन राजन लम्साल, नाम नौलो होइन  उनी हजारौं नेपाली लायन्स सदस्यहरूका उत्प्रेरक व्यक्तित्व पनि हुन्  लायन्सको अन्तर्राष्ट्रिय नेतृत्व समेत आँक्न  हाँक्न विशिष्ट क्षमता  कुशल नेतृत्वशक्ति उनीसँग  

समाज सेवाका अलवा नेपाली मौलिक कला संस्कृतिको संरक्षणमा पनि उनको उत्तिकै रुचि देखिन्छ  नेपाली लोक तथा दोहोरी गीतलोक भजन समेतको जगेर्नामा उनको विशेष योगदान   उनकै सक्रियतामा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको जन्म भएको हो  प्रतिष्ठानको संस्थागत विकासमा उनको योगदान अतुलनीय  करिब साढे दुई दशकदेखि उनी प्रतिष्ठानको केन्द्रीय सल्लाहकारमा सक्रिय छन् 

उनको जन्म वि..२०२६ सालमा स्याङ्जा जिल्लाको ज्याग्दी खोलामा भएको हो  पिता पदमराज लम्साल र माता पुष्पा लम्सालका तीन सन्तान मध्ये उनी जेष्ठ पुत्ररत्न हुन्  स्याङ्जा जिल्लाको थातथलोबाट हाल उनी काठमाडौं महानगरपालिका वडा नं२६सामाखुशी टाउन प्लानिङमा बसोबास गर्छन् 

आफ्नो कर्मलाई मानव सेवामा समर्पित गर्ने लम्साल आफ्ना बुवाआमा  हजुरबुवा हजुरआमालाई आदर्श व्यक्तित्वमा रुपमा लिने गर्दछन्  बाल्यकालदेखि नै सकारात्मक सोंचको विकास गर्नमा घर परिवारको महत्वपूर्ण भूमिका रहेको बताउने लम्साल नेपाली लायनवादको इतिहासमा विशिष्ट पहिचान निर्माण गर्दै लायन्स अन्तर्राष्ट्रिय नेतृत्वकर्ताका रुपमा आफूलाई सतिशाल झैं क्रियाशील गराउँदै छन्  उनको काम गर्ने सकारात्मक शैली  प्रवृत्तिले हरेक नेपाली लायनवादीहरुको मन  मुटुमा बस्न सफल व्यक्तिकाका रुपमा दर्ज गराएका छन्

 

निराशा वैयक्तिक जीवन असफल बनाउने कारक तत्व हो  जीवन सफल बनाउन सदा सकारात्मक सोच र आशावादी दृष्टिकोण राख्नुपर्छ भन्ने मान्यतमा अडिक रहने लम्सालको वाक्पटुता निकै नै प्रभावशाली  । उनको लोभ लाग्दो व्यक्तित्वमृदुभाषा शैली अनुकरणीय   सत् कर्मले व्यक्तिको व्यक्तित्वमा निखारल्याउँछ  त्यस्तो कर्म समाज  राष्ट्रका लागि अनुकरणीय हुन्छ  तसर्थ निस्वार्थ कर्म गर्नुपर्छ भन्ने उनको दृष्टिकोण  

उनको त्यही सकारात्मक दृष्टिकोणले उनलाई लायन्सको क्षेत्रमा आज नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा नै एउटा आशा लाग्दो  भरपर्दो लिडरको रुपमा स्थापित गराएको   सधैँ आफ्नो देशप्रतिगौरव गर्ने  लायनवादलाई जीवनको अभिन्न अंगको रुपमा शिरोपर गर्ने उनको शैली  प्रवृत्ति हो  उनी सादाजीवन  उच्च विचारका आदर्शवादी अनुयायी पनि हुन् 

गाउँकै जनप्रिय मा.वि.बाट प्रारम्भिक शिक्षा आरम्भ गरेका लम्सालले उक्त विद्यालयमा  कक्षासम्म पढे  आठ कक्षा पढ्न उनी बुटवलस्थित बुटवल मावि पुगे  निर्माण व्यवसायमा आवद्व बुवाले बुटवलमा बसाइँ सराई गरेपछि उनी उतै रमाए  त्यहीबाट २०४३ सलामा प्रवेशिका परीक्षा पास गरे  उच्च शिक्षाका लागि उनी काठमाडौं हानिए  पिपुल्स क्याम्पसबाट व्यवस्थापन संकायमा प्रविणता तह उत्तीर्ण गरे पछि शंकरदेव क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक गरे   यो बीचमा उनको परिवार बुटवलबाट नवलपरासीको चोरमारा (हालको मध्यबिन्दु नगरपालिका)मा स्थायी रुपमा बसाइँ सर्‍यो 

स्नातक तहको अध्ययन पश्चात् आर्थिक उपार्जनतर्फ उनको झुकाउव बढ्न थाल्यो  आत्मनिर्भर बन्नुपर्छ भन्ने भावनाबाट प्रभावित लम्सालले चितवनमा रहेको आइल्याण्ड जंगल रिसोर्टको काठमाडौं स्थित मुख्य कार्यालयमा लेखापालको रुपमा जागिर शुरु गरे  त्यहाँ करिब १०/१२ वर्षसम्म रही फाइनान्स  एडमिनहेडसम्मको अनुभव प्राप्त गरेपछि व्यवसायतर्फ उनको ध्यान मोडियो  साथीसंगीसँग व्यवसायिक साझेदारी गरी उनले ट्राभल एजेन्सीहोटेल व्यवसाय  म्यानपावर कम्पनी सञ्चालन गर्न थाले  कलेजकन्सल्टेन्सीविभिन्न बैंक तथा जलविद्युत कम्पनीहरुको प्रोमोटरयातायातका साधनहरूको आयातकर्ता साथै अन्य थुप्रै निजि क्षेत्रको कम्पनीहरुमा सहभागी हुँदै हाल उनी शेयर ब्रोकर व्यवसायमा जमेका छन्  सामाजिक कर्म गर्नलाई सहयोगी हातहरु नामक संस्थाको खडा नै गरे  उनी त्यस संस्थाको संस्थापक अध्यक्ष हुन् 

उनले नेपालको राजनीतिक परिवेशलाई नजिकबाट नियालेका छन्  देशमा विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनमा उनले आफूलाई सहभागी गराएका छन्  वि.सं२०३६ सालको जनमत संग्रहतका बेला उनी १० वर्षका मात्र थिए  त्यसबेला भएको पञ्चायत विरोधी आन्दोलनको पनि उनको मनमस्तिष्कमा ताजै  वि.सं२०४६ सालको जनआन्दोलन होस् या २०६२/६३ को आन्दोलन हरेक परिवर्तनमा उनले आफूलाई समाहित गराएर लोकतन्त्रको वहालीका लागि योगदान गरे

आफ्नो जीवनको अत्यन्तै ऊर्जाशील समय समाजसेवा नै खर्चिए  राजनीतिमा उनको प्रचुर सम्भावना थियो । यद्यपि व्यवसाय समेतले गर्दा उनी राजनीतिक नेतृत्वमा पुग्न सकेनन्  सामाजिक संस्थामा क्रियाशीलभईसमाजमा कम अवसर प्राप्त व्यक्तिहरूको सेवामा लाग्ने हुटहुटीले उनी लायन्सकै माध्यमबाट आफूलाईएउटा अब्बल नेताको रुपमा परिचित गराउन सफल भए 

काठमांडौं अध्ययनरत रहदै गर्दा इन्दु कै घरमा डेरामा बस्न पुगे । डेरा बसाई कै क्रममा भेटिएकी लमजुङकी इन्दु लम्सालसँग २०४८ सालमा यिनको प्रेमविवाह भयो 

उनीहरुका दुई छोरा छन् तीमध्ये एक अमेरिका  अर्को अष्ट्रलियामा सेटल भई बसेका छन्  ग्रामीण जनजीविकामा हुर्किएका लम्साल ग्रामीण परिवेशमा औधि रमाउँछन्  घरपरिवारबाट प्राप्त सकारात्मक ऊर्जाले उनलाई हरेक क्षेत्रमा सफल बनायो 

उनी सन् १९९७ मा लायन्स क्लबमा आबद्ध भएका हुन्  उनले सदस्यता लायन्स क्लब अफ सङ्खुवासभा खाँदबारीको हो  २७ वर्षको उमेरदेखि नै सामाजिक सेवाभावका कामहरूमा जोडिएका लम्सालले सन् २०१०११ मा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी को डिष्ट्रिक्ट गभर्नरसन् २०११– १२ मा मल्टिपल काउन्सिल चेयर पर्सनसन् २०१२– १४ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को एसएफएमडी चेयरपर्सनसन् २०१४– १७२०१७१९ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को जीएलटी को-अर्डिनेटरसन् २०१७– १९ स्पेसियालीटी क्लबकन्ट्री को-अर्डिनेटरसन् २०१९– २२ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को जीएमटी को-अर्डिनेटर हुँदै लायन वर्ष २०२२२३२०२३२४  २०२४२५ मा एलसीआईएफ एरिया लिडरको रुपमा निरन्तरता क्रियाशील भई नेतृत्व गरेका छन् 

उनको सिंगो परिवार नै लायनवादको यात्रामा   लम्सालकी जीवन संगीनी लायन इन्दु लम्साल सन् २०१९२० मा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि वानको डिष्ट्रिक्ट गभर्नर भएकी थिइन्  उनले सन् २०१०११ मा आफू डिष्ट्रिक्ट गभर्नर हुँदा ६५ वटा नयाँ क्लब स्थापना गरेर त्यसबेला विश्व लायनवादको इतिहासमा नै नयाँ रेकर्ड कायम भएको   उनकी जीवनसंगीनी लायन इन्दु लम्सालले सन् २०१९२० मा डिष्ट्रिक्ट ३२५ बि वान को डिष्ट्रिक्ट गभर्नर भएको बेला लायन्स अन्तर्राष्ट्रियले प्रदान गर्ने सर्वोच्च अवार्ड एम्बेसडर अफ गुडविल अवार्डबाट सम्मानित भएकी थिइन्  नेपाली लायनादको इतिहासमा पतिपत्नी दुवैजना डिष्ट्रिक्ट गभर्नर बन्ने पहिलो जोडीको इतिहास पनि निर्माण भएको  

हिजो आज डिष्ट्रिक्ट  मल्टिपलका हरेक तालिम  प्रशिक्षणहरूमा सबैको रोजाई  प्रिय पात्रको रुपमा परिचित लायन राजन लम्सालले सन् २००६ मा नै आफ्नो डिष्ट्रिक्टबाट छनोट भई ट्यूनिसियामा सम्पन्न भएकोसिनियर लायन लिडरशिप इन्स्टिच्युट (एसएलएलआईमा सहभागिता जनाए  यसले उनको क्षमतामा थप निखारता ल्याएको स्वीकार्ने लम्साल आफूलाई लायन्स क्लबमा प्रवेश गराउने संखुवासभा खाँदबारीका रामबहादुर श्रेष्ठलाई कहिल्यै बिर्सन सक्दैनन्  जतिबेला संखुवासभाको हिमालयन मा.वि.मा अंग्रेजी विषयको शिक्षक नभएर ठूलो संकट परेको थियोत्यतिबेला रामबहादुर श्रेष्ठले भारतबाट शिक्षक ल्याएर बालबालिकाको पढाइलाई व्यवस्थापन गरेका थिए  शैक्षिक योग्यता अलिक कम भएपनि सामाजिक सेवाभाव अत्यन्तै धेरै भएका श्रेष्ठकै प्रेरणाले पनि लायन लम्साललाई डिष्ट्रिक्ट गभर्नर बन्नको लागि उत्प्रेरणा प्रदान गरेको थियो 

आफू डिष्ट्रिक्ट गभर्नर भई सकेपछि मल्टिपल काउन्सिल चेयरपर्सन भएर अमेरिका जाँदै गर्दा श्रेष्ठले एउटा खाम हातमा थमाउँदै यो खाम नेपालमा नखोल्नु है राजन बाबु भन्नुभएको कुरा स्मरण गर्दै कौतुहलताले गर्दा खाम खोलेको  उक्त खाममा १००० अमेरिकी डलर रहेको  त्यो कुरा उनले आफ्नो जीवनमा कहिल्यै बिर्सन नसक्ने बताउँछन्  श्रेष्ठले आफूप्रति देखाएको माया  सद्भावले आफूलाई हर्षित एवं थप जिम्मेवारी बोध गराएको  त्यही १००० डलरमा केही रकम थप गरी रामबहादुर श्रेष्ठ  उहाँकी श्रीमती मनमाया श्रेष्ठको नामबाट मनराम शिक्षाकोष स्थापना गरी दिए  कोषमा श्रेष्ठकी धर्मपत्नी मनमाया श्रेष्ठ  उनका छोराहरुको ठूलो योगदान रहेको  

रामबहादुर श्रेष्ठको अध्यक्षतामा सन् २००५ मा स्थापित लायन्स मनराम प्रतिष्ठानमा उनी महासचिव थिए  यस प्रतिष्ठान अन्तर्गत देशैभरिमा १३३ भन्दा बढी पुस्तकालयहरू रहेका छन्  उक्त प्रतिष्ठान मार्फत् संखुवासभाका सबै सामुदायिक विद्यालयहरूमा पुस्तकालय स्थापना गरिएको   यस्ता पुस्तकालयहरूमा  लाखको अक्षयकोष साथै ५० हजार बराबरको किताब हुन्छन्  यस प्रतिष्ठानले वर्षमा १० लाख भन्दा बढीको छात्रवृत्ति समेतप्रदान गर्ने गरेको   हाल यस संस्थाको अध्यक्ष रामबहादुर श्रेष्ठका छोरा सुजन कुमार श्रेष्ठ छन् भने उनी उपाध्यक्ष छन्  लायन्स मनराम प्रतिष्ठानको माध्यमबाट शिक्षा क्षेत्रमा योगदान भएको   लायनवादको क्षेत्रमा लम्सालको आदर्श व्यक्ति नै रामबहादुर श्रेष्ठ हुन् 

सन्  १९९७ मा लायन्स क्लबको समस्त बनेपनि  २००१ मा लायन्स क्लब अफ काठमांडौ सामाखुशीको संस्थापक अध्यक्ष भएदेखि पूर्ण रुपमा लायन्स क्लबमा सक्रिय रहनु भएका लम्साल आजसम्म पनि अनवरत रुपमा लायन्स क्लबलाई नै पहिलो प्राथमिकतामा राखेर योगदान गर्दै आइरहनु भएको   लायन्स क्लब बाहेक पनि अन्य थुप्रै सामाजिक संघ संस्थामा आबद्ध भएर सामाजिक कार्यहरूमा संलग्न हुनु उहाँको दिनचर्या नै बनिसकेको  

आफू जन्मेको गाउँ स्याङ्जाको ज्याम्दी खोलाको सेरोफेरोको विकास गर्ने उद्देश्यले लम्सालले आफ्नै अगुवाईमा सामाजिक विकासका लागि सहयोगी हातहरू भन्ने संस्थाको स्थापना गरी संस्थापक अध्यक्षको रुपमा त्यस क्षेत्रको बाटोघाटो निर्माणआफु अध्ययन गरेको जनप्रिय मा.वि.को भौतिक पूर्वाधारको विकासअक्षय कोषको स्थापनाविद्युत लाइन विस्तारमा सहयोग लगायत थुप्रै सामाजिक कार्यहरुमा आफुलाई समर्पण गरेका छन्  मातृभूमिप्रतिको अगाढ प्रेम उनको यही कर्मबाट छताछुल्ल भएको  

संस्थाको सहयोगमा चिन्नेवामा हेल्पिङ्ग ह्यान्ड कम्युनिटी अस्पताल समेत स्थापना गरिएको   हाल यो भवन गाउँपालिकालाई हस्तान्तरण गरिएको   यस संस्थाले कलाकारलेखकसाहित्यकारसमाजका प्रवुद्ध व्यक्तिहरूलाई सम्मान गर्ने कार्य समेत गर्ने गरेको   यस कार्यमा लम्सालले पुर्‍याएको योगदान अतुलनीय छ । प्रत्येक जातजाति  भाषभाषीसँगको उनको आत्मियता समान   बालबालिका  जेष्ठ नागरिकहरुको दुःखमा सहयोगी बनेका छन्  यिनै गुणहरुले नै सबैका प्रिय बनेका पनि छन्  कसैले आफ्नो बारेमा टिकाटिप्पणी गरेको सुने पनि त्यसलाई उनी नकारात्मक ठान्दैन्  रिस  ईष्या भन्ने कुरा लम्सालमा मनमा कहिल्यै आएन 

नेपालका अधिकांश जिल्ला पुगेर सामाजक सेवा समर्पित भएका लम्साले अमेरिकाफ्रान्ससिंगापुरजापानहङकङमलेसियाथाइलेण्डश्रीलंकाभारतट्युनिसियासंयक्त अरब इमिरेटस्चीनमकाउदक्षिण कोरियाअष्ट्रेलियालेवनानइटलीजर्मनीस्वीजरल्याण्डक्यानाडा  बंगलादेश लगायतका विभिन्न राष्ट्रको अध्ययन भ्रमण समेत गरेका छन्      लायन्स क्लबका विभिन्न परियोजनाहरूसँग पनि उनको प्रत्यक्ष संलग्नता   उनकै पहलमा अन्धोपनको निवारणमा लायन्स क्लबमार्फत् कपिलवस्तुनवलपरासीदाङरूपन्देही लगायतका तराईका जिल्लाहरूका गाउँगाउँ पुगेर मोतियाबिन्दुको निःशुल्क उपचार गरिएको थियो  विभिन्न समयमा एलसीआईएफबाट नेपालमा विभिन्न परियोजनाहरू स्वीकृत गराउन उनको प्रत्यक्ष संलग्नता रहेको   डिष्ट्रिक्ट गभर्नर भए पश्चात् मल्टिपल डिष्ट्रिक्ट तथा लायन्स क्लब अन्तर्राष्ट्रियले प्रदान गरेको विभिन्न भूमिका कुशलतापूर्वक बहन गरिसकेका लम्सालले थुप्रै आर एल एल आई को-अर्डिनेटर साथै लायन्स अन्तर्राष्ट्रियले नेपालमा गर्ने एफडीआई  एलसीएफआईको लोकल को-अर्डिनेटरको भूमिका समेत निर्वाह गरिसक्नु भएको   उनी स्वयं एफडीआई ग्रयाजुयट हुन् 

आफु गभर्नर भएपछि डिष्ट्रिक्टका कार्यक्रमहरू काठमाडौँदेखि महेन्द्रनगरनेपालगञ्ज  वीरगञ्जसम्म बिस्तार गरेका थिए  लायन्स क्लबको केन्द्रीकृत कार्यक्रमलाई विकेन्द्रीकृत गर्ने कार्यमा उनको ठूलो योगदान   आफ्नो गभर्नरको कार्यकालमा डिष्ट्रिक्ट ३२५ बी को भवन निर्माण अभियान शुरु गरी निर्माण सम्पन्न गरेर हस्तान्तरण समेत गरेका लम्सालले आफुले लिएको जिम्मेवारी सफलताको साथ सम्पन्न गर्दै आएका छन् टंकराज अधिकारी 

 

Leave a Reply