संसारकै सातौं अग्लो धौलागिरी हिमालको आरोहणको क्रममा आइतबार देखि हराइरहेका पाँच रुसी पर्वताआरोहीको मगंलवार बिहान मृत भेटिएका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–४,मुदीमा अवस्थित हिमालको हाई क्याप आधार शिविरबाट आइतबार देखि हराएका आरोहीहरूको शव ७ हजार १ सय मिटरको उचाइमा भेटिएको हो ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार आइ एम टे«कीङ एण्ड एक्सपीडिसन मार्फत धौलागिरि आरोहणका लागि आएका रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको छ ।

‘एक टोलीले हेलिबाट पुगेर घटनास्थलको अवलोकन गरेको छ, शब ल्याउन काठमाण्डौबाटै टोली खटिने छ’ प्रनाउ श्रेष्ठले भने ।  घटनास्थलमा पुगेको टोलीले हराइरहेका आरोहीको मृत्यु भएको पुष्टी गरेको प्रनाउ श्रेष्ठको भनाई छ ।‘मृतक आरोहीको शब एकै ठाउँमा भेटिएको छ,‘घटनास्थलका बारेमा थप बुझ्ने प्रयास भइरहेको छ’ प्रनाउ श्रेष्ठले भने ।

आरोहीको टोली हाई क्यापबाट माथिल्लो क्षेत्रमा जाने क्रममाआइतबार दिउँसो ११ बजेदेखि सम्पर्कविहिन भएका थिए ।बेपत्ता आरोहीलाई खोज्न हेली एभरेस्टको हेलिकप्टर मंगलबार दिनभरी परिचालन गरिएको थियो । शब निकाल्ने जनशक्ती कम भएकाले मंगलबार काम रोकिएको प्रनाउ श्रेष्ठको भनाई छ ।

हिमपहिरो, हावाहुरी वा अन्य कुनै कारणले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । आरोही मृत भेटिएको क्षेत्र करिब सात हजार छ सय मिटर उचाइ रहेको प्रारम्भीक अनु्मान गरिएको छ । मृतक आरोहीसँगै पुगेका भालेरी शामालोलाई फस्ट क्याम्पबाट उद्धार गरी काठमाडौँ लगिएका उनी चौथो क्याम्पमा पुगेपछि माथि जान नसक्ने अवस्था भएपछि तल आएर क्याम्पमा बसेका थिए ।

धौलागिरी हिमालको आरोणको अन्तिम खुट्किलो तथा चौथो क्याम्पबाट माथिल्लो क्षेत्र अत्यन्त जोखिम र हालसम्म आरोही दुर्घटनामा परेको क्षेत्रहरु पर्ने गर्दछ । ८,१६७ मिटर अग्लो धवलागिरि हिमालमा यसबर्ष शरद याममा एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीले आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । मृतकको शब बुधबारसम्म अनुकुल मौषम भएमा काठमाण्डौ पु¥याउने जनाइएको छ ।

Leave a Reply