म्याग्दीको मंगला गाउँपालिकामा एकदिने स्थानीय तहको स्रोत परिचालन सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । मंगलबार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह स्रोत परिचालन समन्वय शाखाको आयोजनामा गाउँपाििलकाको कार्यालयमा अभिमुखीकरणमा सम्पन्न भएको हो ।

स्थानीय तहलाई स्थानीय तहको वित्त अधिकार,वित्तीय संघीयता, वित्तीय स्रोतको प्राप्ति,उपयोग, परिचालन सम्बन्धि संबैधानिक र कानुनी ब्यबस्थाको जनप्रतिनिधि र कर्मचारीलाई जानकारी गराउने र क्षमता विकास गराउने उक्त कार्यक्रमको आयोजना गरिएको प्रशिक्षक एवम् शाखा अधिकृत नगेन्द्र सुबेदीको भनाई छ ।

४१ जनाको सहभागिता रहेको अभिमुखीकरणमा स्थानीय तहमा स्रोत परिचालनका विधि,प्रकृया,पद्धति, समस्या,चुनौती र अब गर्नुपर्ने कार्यको सम्बन्धमा छलफल भएको प्रशिक्षक सुबेदीको भनाई छ ।

गाउँपालिकाकी कार्यवाह अध्यक्ष प्रेमकुमारी अधिकारीले स्थानीय स्रोतको पहिचान र परिचालन गर्न सकेमा आन्तरिक आम्दानीमार्फत विभिन्न कार्यहरु गर्न सकिने बताउनुभयो । उहाँले अभिमुकीकरणले स्रोत पहिचानको विधि तथा समस्याका साथै चुनौतीहरूका बारेमा जानकारी मिलेकाले आगामी दिनमा सहज भएको बताउनुभयो ।

Leave a Reply