म्याग्दीको धवलागिरी गाउँपालिका-४,मुदीमा अवस्थित संसारकै सातौं अग्लो धौलागिरी हिमालका आरोहणका क्रममा मृत्यु भएका भएका पाँच रुसी पर्वतारोहीको शब ल्याउन बुधबार पनि टोली जाने भएको छ । आइतबार देखि हराइरहेका पाँचैजना शब हेलिकप्टरबाटै ल्याउने गरी तयारी भइरहेको आइ एम टेकीङ एण्ड एक्सपीडिसनले जनाएको छ । पाँचवटै शब करिब ७ हजार ६ सय मिटर उचाईमा रहेको एक्सपीडिसनका निर्देशक फुनुरु शर्पाले बताए ।

आरोहणका लागि रूसी टोलीमा १४ जना थिए । क्याम्प १ मा रहेको भेटिएका एक जनालाई काठमाण्डौमा लगिएको छ । अन्य दुई जनालाई काठमाण्डौमा लैजाने तयारी भइरहेको छ भने बाँकी ६ जना सकुशल छन् । करिब एक हजार मिटरको दुरीमा समिट हुने अवस्थामा अचानक दुर्घटनामा परेको र कारण खोजी भइरहेको एजेन्सीले जनाएको छ ।

गतबर्ष पनि धौलागिरी हिमालमा एक रुसी आरोहीको धौलागिरीमै मृत्यु भएको थियो । आरोही हाई क्यापबाट उकालो चढिरहेका वेला दुर्घटना भएकाले शब आसपासमै रहेको छ । रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको स्थानमा बुधबार हेलिकप्टर ल्याण्ड वा उद्धार टोलीलाई पठाएर भएपनि शब निकाल्ने बताइएको छ । शबको खोजी तथा उद्धारमा प्रभु हेलीका क्याप्टेन सोवित गौचन सहितको टोली मंगलबार तिनघण्टा आसपासमै पुगेका थिए ।

धौलागिरी हिमालको आरोणको अन्तिम खुट्किलो तथा चौथो क्याम्पबाट माथिल्लो क्षेत्र अत्यन्त जोखिम र हालसम्म आरोही दुर्घटनामा परेको क्षेत्रहरु पर्ने गर्दछ । ८,१६७ मिटर अग्लो धवलागिरि हिमालमा यसबर्ष शरद याममा एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीले आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

हिमालमा प्राकृतिक दुर्घटनाका कारण हुने गरेको छ । विदेशी आरोहीमा हाइअल्टिच्युट सिकनेस र आत्मविश्वासको कमी दुर्घटनाको मुख्य कारण मानिन्छ । धौलागिरी हिमालमा अहिलेसम्म कति आरोहीको निधन भयो र तीमध्ये कति शव हिमालमै छन् भन्ने यकिन तथ्यांक नेपाल सरकारका कुनै पनि निकायसँग छैन । मृत आरोहीको तथ्यांक अद्यावधिक गरेको छैन । आरोहणका बारेमा म्याग्दीका कुनै पनि निकायलाई जानकारी हुदैन भने आकाशबाटै बेसक्याम्प पुग्ने गरिन्छ ।

Leave a Reply