म्याग्दीको बेनी नगरपालिका-७ कुरिलाखर्कमा अवस्थित महारानी क्षेत्र विकास समितिको छैटौं साधारणसभाको अवसरमा प्रचारप्रसार र पूर्वाधार निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्यकाको रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

साधारणसभाको उद्घाटन गदैं बेनी नगरपालिकाका मेयर सुरत केसीले सदरमुकाम बेनीबजार नजिकै रहेको मन्दिरमा दर्शन बाहेक पनि पर्यटकलाई भित्राउन सकिने बताउनुभयो ।

उहाँले बेनी नगरपालिका भित्रका पर्यटकीय तथा धार्मिक स्थलको पूर्वाधार विस्तारसँगै आवश्यक बजेट विनियोजन गरिएको बताउँदै र्धािर्मक पर्यटक बढाउन समितिले नै योजना बनाएर लाग्नुपर्ने बताउनुभयो ।

साधारणसभामा संस्थापक अध्यक्ष प्रकाशकुमार श्रेष्ठ,विश्व हिन्दु महासंघको अध्यक्ष दण्डपानी उपाध्याय,पूर्व अध्यक्ष अमृतदेबी बानियाँले महारानी क्षेत्र सबैको आस्थाको धरोहर भएको बताउँदै महारानी क्षेत्रको प्रचारप्रसार नहुदाँ ओझेलमा परेको बताउनुभएको थियो ।

म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको महारानीथान मन्दिरमा दर्शन, भाकल र पुजाआज गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास बोकेको छिमेकी जिल्ला बागलुङ, पर्वत तथा देशका विभिन्न जिल्लाबाट समेत भक्तजनहरु आउने गरेका छन् । मन्दिरमा दैनिक पूजापाठ हुन्छ ।साधारणसभामा अध्यक्ष चन्द्रबहादुर घिमिरेको अध्यक्षता, स्वागत उपाध्यक्ष विक्रम श्रेष्ठ, आर्थिक प्रतिबेदन अञ्जु मल्ल केसी र सञ्चालन कार्यवाहक सचिव पूर्णबहादुर जिसीले गर्नुभएको थियो ।

Leave a Reply